संघीय सांसदका लागि नरेन्द्रबहादुर कुँवरको नाम सर्वसम्मत सिफारिस गरेको माओवादी केन्द्र बैतडीका संयोजक शंकर भण्डारीले बताए। कुँवर २०६४ सालको निर्वाचनमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।...
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) कास्कीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गरेको छ । माओवादीले मङ्सिर ४ गतेको निर्वाचनका लागि शहीद परिवारसमेत रहनुभएका पोखरा–५ निवासी अनिता भुर्तेललाई प्रतिनिधिसभाको समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेको छ । तत्कालीन नेकपा (माओवादी) कास्कीका जिल्ला सहइञ्चार्ज रहनुभएका अनिताका बुबा राजविक्रम र आमा सीता भुर्तेललाई विसं २०६१ वैशाख […]
आसन्न संघीय निर्वाचनका लागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) बाँकेबाट उम्मेदवार सिफारिस भएका छन् ।नेकपा (माओवादी केन्द्र) ले मन्त्री अथकलाई बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस गरेको हो । उनी ०७४ सालको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।
२३ भदौ, रुकुमपूर्व । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्र रुकुम पूर्वले उम्मेदवार सिफारिस गरेको छ । पार्टीले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ गणेशमान पुन, पूर्णबहादुर घर्तीमगर, कमला रोका, दजजीत सेर्पाइली र जुनकुमारी रोकालाई […]
२२ भदौ, रोल्पा । सत्तारुढ नेकपा माओवादी केन्द्र रोल्पाले प्रतिनिधि सभा र प्रदेश सभका लागि उम्मेदवार सिफारिस गरेको छ । भदौ २० गतेदेखि लगातार तीन दिनसम्म बसेको बैठकले कृष्णबहादुर महरा, वर्षमान पुनमगर, कुलप्रसाद केसी, जयपुरी घर्ती मगर, ओनसरी घर्तीमगर र झक्कुप्रसाद सुवेदीको नाम सिफारिस गरेको छ । सबै नाम प्रतिनिधि सभाको एउट क्षेत्रको उम्मेदवारमा सिफारिस […]
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र रुपन्देहीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ । पार्टीका जिल्ला संयोजक निर्मल जीसीका अनुसार रुपन्देही क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ बामदेव क्षेत्री, घनश्याम यादव र मक्सुद अलीलाई उम्मेदवार सिफारिस गरिएको छ । प्रदेशसभातर्फ १ को (क)बाट लेखनाथ न्यौपाने, दिपा विक र गोविन्द पंगेनी तथा (ख)बाट बामदेव क्षेत्री, महदेव बस्नेत र विजय यादव सिफारिस भएका छन् ।रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ विनोद
काठमाडौँ,२१ भदौ । नेकपा (माओवादी केन्द्र) पाल्पाले प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको छ । माओवादीले पाल्पा क्षेत्र नं १ प्रतिनिधिसभातर्फ लीला सोमै र क्षेत्र नं २ मा अनिलकिशोर घिमिरेलाई सर्वसम्मत सिफारिस गरेको छ । यसैगरी प्रतिनिधिसभा समानुपातिकतर्फ दलबहादुर राना, पार्वती विक, केशव पौडेल, हीरा थापा, बलु गैरे, अर्जुनकुमार श्रेष्ठ […]
नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार सिफारिस गरिसकेका छन्। नेकपा एमालेले उम्मेदवार सिफारिसका लागि मंगलबारबाट प्रदेश कमिटी स्तरीय छलफल सुरु गरेको छ।...
आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि जिल्लास्थित नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस कार्य टुङ्ग्याएको छ । नेकपा (माओवादी केन्द्र)ले भने उम्मेदवार सिफारिस छनोटका लागि छलफलमा जुटिरहेको जनाएको छ । काभ्रेमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेका छन् । जिल्लास्थित नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले संविधानसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम यसअघि नै सिफारिसकार्य टुङ्ग्याइसकेका छन् ।एमा
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार सिफारिस गरेको छ। ताप्लेजुङमा एक संघीय निर्वाचन क्षेत्र र दुई प्रदेश निर्वाचन क्षेत्र रहेका छन्।
एक...