काठमाडाैँ- नेकपा माओवादी केन्द्र तेह्रथुमले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। माओवादी केन्द्रको जिल्ला समिति बैठकले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फका उम्मेदवार सिफारिस गरेको हो। तेह्रथुममा प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र छ। प्रतिनिधिसभामा जिल्ला संयोजक इन्द्रबहादुर इम्सङ लिम्बु सिफारिस भएका छन्। यस्तै, प्रतिनिधिसभाको समानुपातिकतर्फ होमकुमारी लिम्बु खापुङ र नन्दलाल दर्नालको नाम सिफारिस […]