भक्तपुर : मध्यपुर थिमिमा जिब्रो छेड्ने (मेय् प्वा: खनेगु) जात्रा सम्पन्न भएको छ। यँया: पुन्ही (इन्द्रजात्राको चौथो दिन) हरेक वर्ष थिमिमा जिब्रो छेड्ने परम्परा रहेको छ।
मध्यपुर थिमिको कोलाखु टोल निवासी ३५ वर्षीय विरेन्द्रभक्त गुजु श्रेष्ठले यसपटक जिब्रो छेडाएका छन्। दिगु टोलस्थित भैरव मन्दिरअगाडिको डबलीमा जिब्रो छेडिएको हो।
थिमिकै बोडेमा भने हरेक वर्ष…