भक्तपुर – मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गरेका छन् । येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उनले जिब्रो छेडेका हुन् । दश इन्च लामो सुइरोले जिब्रो छेडेर उनले १७ दीपसहितको अर्ध चन्द्राकार भ्यें बोकी थिमि परिक्रमा गरे । योसँगै थिमिमा मनाउने ‘येंया पुन्हिया मेय् प्वाः […]