पर्यटकीयस्थल नमोबुद्धको गुरुयोजना तयार

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीयस्थल बनाउन गुरुयोजना तयार गरी काम अघि बढाइएको छ । रु ८७ करोड लागतको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरी काम अघि बढाइएको हो । नमोबुद्ध क्षेत्रमा पर्यटन विकासका लागि सिँढी, पर्खाल, दुई स्थानमा प्रवेशद्वार, सडक बत्ती, सौर्य बत्ती, ढुङ्गा छाप्ने, सार्वजनिक शौचालयलगायतका पूर्वाधार विकासका काम भइरहेको छ । […]

सम्बन्धित सामग्री

नयाँ गन्तव्य बन्दै माझुभन्ज्याङ

देशकै पहिलो होमस्टे सिरुबारी र धार्मिक पात्र श्रवण कुमारलाई राजा दशरथले वाण हानेको स्थललगायत चर्चित पर्यटकीयस्थल आँधीखोला गाउँपालिकामा नै रहेका छन् । सो पालिकाले उक्त क्षेत्रको विकाससँगै थप पर्यटकीय गन्तव्यस्थलको पहिचान र प्रवर्धन गर्न गुरुयोजना तयार पारेको छ । पालिकाले नयाँ पर्यटकीय गन्तव्यको विकास गर्न यस्तो योजनासहितको सक्रियता देखाएको छ । पछिल्लो समय आँधीखोला–१, माझुभन्ज्याङलाई नयाँ पर्यटकीय गन्तव्य स्थल बनाउन पूर्वाधार विकासको काम तीव्र पारिएको छ ।

पूर्वाधार विकासको पर्खाइमा महाभारतकालीन ‘किचकबध’

बनियानी– झापाको भद्रपुर नगरपालिका-२ स्थित महाभारतकालीन ऐतिहासिकस्थल किचकबध पूर्वाधार विकासको पर्खाइमा छ । नेपालकै उत्कृष्ट पर्यटकीयस्थलमध्ये एक बन्नसक्ने पर्याप्त सम्भावना बोकेको किचकबध यतिबेला पूर्वाधार विकासको पर्खाइमा रहेको हो । किचकबधलाई झापामा मात्र नभई मुलुककै उत्कृष्ट गन्तव्य बनाउन एक अर्ब ५३ करोड ६० लाख बराबरको गुरुयोजना निर्माण गरिएको किचकबध धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल संरक्षण समितिका अध्यक्ष […]

पर्यटकीयस्थल नमोबुद्धको गुरुयोजना तयार

काठमाडौँ,२३ कार्तिक । काभ्रेपलाञ्चोकको नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीयस्थल बनाउन गुरुयोजना तयार गरी काम अघि बढाइएको छ । रु ८७ करोड लागतको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरी काम अघि बढाइएको हो । नमोबुद्ध क्षेत्रमा पर्यटन विकासका लागि सिँढी, पर्खाल, दुई स्थानमा प्रवेशद्वार, सडक बत्ती, सौर्य बत्ती, ढुङ्गा छाप्ने, सार्वजनिक शौचालयलगायतका पूर्वाधार विकासका काम भइरहेको छ […]

मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाइने

ऐतिहासिकस्थल खोटाङको मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान थालिएको छ । प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकैको पर्यटकीयस्थल मझुवागढीलाई बहुवर्षे फूलका बिरुवा रोपेर ‘फूलैफूलको पहाड’ बनाउने अभियान थालिएको हो ।अभियानका क्रममा ज्याकराण्डा, कल्की, रुख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, धुपीसल्ला, जाइ, कपुर, पुवाले, मसला, असारे फूल, दाँते ओखर, लालीगुराँसलगायत ५०० बिरुवा रोपिएको छ । गुरुयोजना तयार गरी अभियान थालिएको मझुवागढी संरक्षण समितिका अध्यक्ष बबि चाम्लिङले बताए ।

बेथानचोकको पर्यटकीयस्थल ‘गजराम थुम्का’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोकमा पर्ने ‘गजराम थुम्का’ पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । बिहान घाम लाग्दै गर्दा होस् या गोधुली साँझमा मनै लोभ्याउने सुन्दर, शान्त र रमणीय बस्ती ढुङखर्कको ‘गजराम थुम्का’ पुग्ने जो कोही मन्त्रमुग्ध हुन्छन् । काठमाडौंबाट ४५ किमी दूरीमा रहेको महाभारत पर्वत आसपास फैलिएको बेथानचोक विविधताले भरिएको ठाउँ हो । काभ्रेपलाञ्चेकको बेथानचोक गाउँपालिकाको पर्यटकीय गन्तव्य बेथानचोक नारायणस्थान डाँडापछिको अर्काे महŒवपूर्ण गन्तव्य बन्दै गएको छ । पछिल्लो समय चर्चामा रहेको बेथानचोक नारायणस्थानबाट उत्तर–पूर्वमा रहेकोे अर्काे अग्लो स्थान गजराम थुम्का झण्डागाडे, चुलीडाँडा नामले चिनिन्छ । बेथानचोक नारायणस्थानसँग तुलना गर्न मिल्ने सो स्थान सुन्दर फराकिलो र थली परेको भू–भाग छ, जुन राजधानीबाट नजिक पर्ने पर्यटकीय गन्तव्य हो । समुद्री सतहबाट करिब तीन हजार मिटर उचाइमा रहेको सो क्षेत्रको पर्यटन प्रवद्र्धनको राम्रो सम्भावना छ । बेथानचोक गाउँपालिका–३ मा रहेको गजराम थुम्काडाँडासम्म पुग्न बाटो मर्मत र गजराम थुम्काको भिरालो जमिन सम्याएर टेन्ट राखेर पर्यटक बस्न मिल्ने बनेपछि पर्यटन प्रवद्र्धनमा टेवा पुगेको स्थानीय बासिन्दा बताउँछन् । स्थानीय बासिन्दा कमलप्रसाद नेपालले बेथानचोक ढुङखर्क क्षेत्रमा रहेको बेथानचोक नारायणस्थान र गजराम थुम्काको प्रचारका लागि निरन्तर लागिरहेको बताए । माउण्ट महाभारत घरबास एण्ड इको अग्र्यानिक फार्म बेथानचोकका सञ्चालकसमेत रहेका उनले गाउँपालिकाले विनियोजन गरेको एक लाख बजेटबाट राष्ट्रिय झण्डा निर्माणदेखि ठाउँ सम्याउने र बाटो मर्मत गरेपछि सो ठाउँमा पर्यटकीय क्षेत्रको विकासमा सहयोग पुगेको बताए । महाभारत पर्वत शृंखलाको सबैभन्दा अग्लो स्थान भएकाले पनि पछिल्लो समय सो स्थान उत्कृष्ट दृश्यावलोकनको केन्द्र बनेको छ । यतिमात्रै नभएर प्रायः सदाबहार हरियाली रहने त्यहाँका जंगलले पर्यटकलाई लोभ्याउने गरेको उनको भनाइ छ । विभिन्न मौसम अनुसार जंगल नै ढकमक्क लालीगुराँसलगायत अन्य प्राकृतिक फूलले थप सुन्दरता प्रदान गरिरहनु सो ठाउँको अर्को विशेषता हो । बँदेल, मृग, घोरलजस्ता वन्यजन्तु, मुनाललगायत चराचुरुंगी अवलोकनका लागि पनि सो स्थान उपयुक्त रहेको पर्यटन व्यवसायी नेपालको भनाइ छ । साथै विभिन्न जडीबुटी,  महाभारत क्षेत्रमा पहाडसँगै रहेका ठूला–ठूला चट्टान र त्यसबीचमा रहेको प्राकृतिक गुफा अन्वेषणका केन्द्र बनाउन सकिने सम्भावना बोकेको उनको भनाइ छ । पर्यटन मन्त्रालयबाट समेत बेथानचोक सामुदायिक वनको पर्यापर्यटन गुरुयोजना समेत सम्पन्न भइसकेको बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहादुर श्रेष्ठले बताए । ‘नारायणस्थान डाँडामा घेराबारको काम शुरू हुँदै छ भने गजराम थुम्कामा जाने सिँढी निर्माण भइरहेको छ,’ उनले भने, ‘दुवै ठाउँको पर्यटन प्रवद्र्धनका लागि बजेट व्यवस्थापन भइसकेको छ ।’ त्यससँगै सो क्षेत्रमा ठूलो बुद्धको प्रतिमा राख्ने कामका लागि बजेट व्यवस्था गरिसकेको वडाध्यक्ष श्रेष्ठले बताए । पर्यटनजस्तै कृषि क्षेत्रको पनि प्रचुर सम्भावना बोकेको बेथानचोक विशेष खाद्य परिकारमा हिमाली चामलको भात, सेराना प्रजातिको माहुरीको मह, अल्लो सिस्नो, खुवालगायत दुग्धजन्य परिकार, लोकल मकैको ढिँडो, मौसमअनुसार फल्ने ऐंसेलु, काफललगायत विभिन्न प्रकारका प्राकृतिक फलको स्वाद लिन पाइने बेथानचोकलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गाउँपालिकाले पहल गर्नुपर्ने स्थानीय बासिन्दा बताउँछन् । बेथानचोकका ती दुई ठाउँमात्रै नभई कामीडाँडा, च्याल्टिडाँडा, थलिडाँडा, महाँकालडाँडा, ठूलाचौर, चोरण्डे आले, अर्खौले, डाँडागाउँ, पार्थली, गुम्बुडाँडालगायत फरक–फरक स्थानबाट रमणीय दृश्यावलोकन गर्न सकिन्छ । रासस

उदयपुरको पर्यटकीयस्थल रौतासम्म जोड्ने ग्रामीण सडकको स्तरोन्नति शुरु

असोज ३, उदयपुर । उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिकास्थित वडा नं ६ को धार्मिक पर्यटकीयस्थल रौता पोखरी जोड्ने ग्रामीण सडक र रौता क्षेत्रको भौतिक पूर्वाधार व्यवस्थापन गर्ने कार्य शुरु गरिएको छ । गाईघाट मुर्कुची बजारदेखि पुवारे भञ्ज्याङ हुँदै रौता पोखरीसम्म जोड्ने ग्रामीण सडकलाई अब स्तरोन्नतिका लागि ग्राभेलिङसमेत गरेर रौतासम्म जोड्ने ग्रामीण सडक व्यवस्थित तथा स्तरोन्नति गर्न लागिएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्का बताउँछन् । तीन वर्षअघि प्रदेश नं १ सरकार र गाउँपालिकाको बजेटमा मुर्कुची पुवारे भन्ज्याङ हुँदै रौता पोखरी क्षेत्रसम्म जोड्ने कच्ची सडक निर्माण गरिएको र अब दशैंँ पछाडिदेखि तत्काल नै सो सडक स्तरोन्नति र ग्राभेलिङ गर्दै लैजाने योजना शुरु गरिएको पालिकाका अध्यक्ष खडकाले बताए । यसका लागि प्रदेश सरकारको सहयोग र गाउँपालिकासहितको बजेटबाट शुरु गरिन लागेको पनि सो पालिकाका अध्यक्ष खड्का बताउँछन् । प्रदेशसभा सदस्य नारायण बुर्जा मगरका अनुसार मुर्कुची पुवारे रौता जोड्ने ग्रामीण सडक पुनर्निर्माण तथा ग्राभेलिङको लागि आफ्नो पहलमा प्रदेश सरकारबाट केही बजेट व्यवस्थापन भइसकेको र गाउँपालिकासहितको बजेटमा अब ग्रामीण सडक सुधारको काम शुरु हुने बताए । जिल्लाकै महत्वपूर्ण धार्मिकस्थलका रुपमा रहेको रौता पोखरी क्षेत्रमा यस पटकदेखि नै पोखरी क्षेत्रसम्म नै विद्युत् विस्तार गरिन लागेको र रौता पोखरीक्षेत्र परिसरमा घुम्न आउने पर्यटकका लागि विश्राम गृहसहित विद्युतसमेत व्यवस्था गरिने योजना शुरु गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष कुमारी ठकुरी बताउँछन् । रौता पर्यटन विकासका लागि १० वर्षीय बृहत गुरुयोजना बनाएर जिल्लाका आठ ओटै पालिकाको आर्थिक सहयोगमा गुरुयोजना सञ्चालन भइरहेको कारण चार वर्षभित्र नै रौता पर्यटकीयस्थलमा सडक व्यवस्थापन, खानेपानी, सवारी पार्किङ, विश्राम गृह, जस्ता पूर्वाधार तयारी भइसकेको सो गाउँपालिकाले जानकारी दिएको छ । सदरमुकाम गाईघाट बजार हुँदै त्रियुगा नगरपालिकाको बेलदोभानबाट रौता पोखरीसम्म जोड्ने १९ किलोमिटर लामो केबुलकारसमेत जोड्ने कार्य शुरु हुन लागेको गाउँपालिकाले बताएको छ ।  त्रियुगाका नगर प्रमुख बलदेव चौधरीका अनुसार रौता जिल्लाको नै महत्वपूर्ण धार्मिकस्थल भएका कारण आफ्नै नेतृत्वमा तीन पटकसम्म सर्वे भएर जिल्ला सदरमुकाम गाईघाट बेलदोभान हुँदै रौता जोड्ने केबलकारको डिपिआरसमेत तयार भइसकेका कारण अब यस पटकबाट केबलकार जडानको कार्य शुरु हुन लागेको प्रमुख चौधरीले बताए । झण्डै रू. १० अर्ब लगानी लाग्ने केबलकार जडान कार्य गर्न जिल्ला बाहिरका विभिन्न कम्पनी तथा लगानीकर्ताबाट ६० प्रतिशत लगानी र आठ ओटै पालिका तथा निजी क्षेत्रबाटसमेत गरेर ४० प्रतिशतको लगानीमा केबकार निर्माणकार्य शुरु हुन लागेको प्रमुख चौधरीले जानकारी दिए । रौता पर्यटन विकासको गुरुयोजनाअनुसार दुई वर्षसम्म कोभिड–१९ संक्रमणका कारण धेरै काम रोकिन पुगे पनि यस पटकदेखि तीव्र रुपमा विकासका काम अगाडि बढाउन लागिएको गाउँपालिकाले बताएको छ । रासस

बुलबुले ताल विस्तार

सुर्खेत-कर्णाली प्रदेशको चर्चित पर्यटकीयस्थल बुलबुले ताल विस्तार गरिएको छ ।प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले ताल गुरुयोजना अनुरुप तालको क्षेत्रफल फराकिलो बनाइएको हो । बुलबुलेको गुरुयोजना कार्यान्वयनअन्तर्गत आर्थिक वर्ष ०७६-७७ मा उक्त काम गरिएको वन तथा वातावरण निर्देशनालय सुर्खेतका प्रदेश वन निर्देशक शिवराम अधिकारीले जानकारी दिए । उनका अनुसार पहिले ११ हजार वर्गमिटर रहेको ताल विस्तारपछि […]

मुक्तिनाथ क्षेत्रको विकास गुरुयोजना तयार

मुस्ताङ । धार्मिक एवं पर्यटकीयस्थल मुक्तिनाथको विकासका लागि तयार पारिएको गुरुयोजना कार्यान्वयन हुने भएको छ ।  यसअघि मुक्तिनाथ क्षेत्र विकास समिति र पुरातत्व विभागले ०७० मा तयार पारेको गुरुयोजना कार्यान्वयन हुन नसकेपछि ...