बेथानचोकको पर्यटकीयस्थल ‘गजराम थुम्का’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोकमा पर्ने ‘गजराम थुम्का’ पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । बिहान घाम लाग्दै गर्दा होस् या गोधुली साँझमा मनै लोभ्याउने सुन्दर, शान्त र रमणीय बस्ती ढुङखर्कको ‘गजराम थुम्का’ पुग्ने जो कोही मन्त्रमुग्ध हुन्छन् । काठमाडौंबाट ४५ किमी दूरीमा रहेको महाभारत पर्वत आसपास फैलिएको बेथानचोक विविधताले भरिएको ठाउँ हो । काभ्रेपलाञ्चेकको बेथानचोक गाउँपालिकाको पर्यटकीय गन्तव्य बेथानचोक नारायणस्थान डाँडापछिको अर्काे महŒवपूर्ण गन्तव्य बन्दै गएको छ । पछिल्लो समय चर्चामा रहेको बेथानचोक नारायणस्थानबाट उत्तर–पूर्वमा रहेकोे अर्काे अग्लो स्थान गजराम थुम्का झण्डागाडे, चुलीडाँडा नामले चिनिन्छ । बेथानचोक नारायणस्थानसँग तुलना गर्न मिल्ने सो स्थान सुन्दर फराकिलो र थली परेको भू–भाग छ, जुन राजधानीबाट नजिक पर्ने पर्यटकीय गन्तव्य हो । समुद्री सतहबाट करिब तीन हजार मिटर उचाइमा रहेको सो क्षेत्रको पर्यटन प्रवद्र्धनको राम्रो सम्भावना छ । बेथानचोक गाउँपालिका–३ मा रहेको गजराम थुम्काडाँडासम्म पुग्न बाटो मर्मत र गजराम थुम्काको भिरालो जमिन सम्याएर टेन्ट राखेर पर्यटक बस्न मिल्ने बनेपछि पर्यटन प्रवद्र्धनमा टेवा पुगेको स्थानीय बासिन्दा बताउँछन् । स्थानीय बासिन्दा कमलप्रसाद नेपालले बेथानचोक ढुङखर्क क्षेत्रमा रहेको बेथानचोक नारायणस्थान र गजराम थुम्काको प्रचारका लागि निरन्तर लागिरहेको बताए । माउण्ट महाभारत घरबास एण्ड इको अग्र्यानिक फार्म बेथानचोकका सञ्चालकसमेत रहेका उनले गाउँपालिकाले विनियोजन गरेको एक लाख बजेटबाट राष्ट्रिय झण्डा निर्माणदेखि ठाउँ सम्याउने र बाटो मर्मत गरेपछि सो ठाउँमा पर्यटकीय क्षेत्रको विकासमा सहयोग पुगेको बताए । महाभारत पर्वत शृंखलाको सबैभन्दा अग्लो स्थान भएकाले पनि पछिल्लो समय सो स्थान उत्कृष्ट दृश्यावलोकनको केन्द्र बनेको छ । यतिमात्रै नभएर प्रायः सदाबहार हरियाली रहने त्यहाँका जंगलले पर्यटकलाई लोभ्याउने गरेको उनको भनाइ छ । विभिन्न मौसम अनुसार जंगल नै ढकमक्क लालीगुराँसलगायत अन्य प्राकृतिक फूलले थप सुन्दरता प्रदान गरिरहनु सो ठाउँको अर्को विशेषता हो । बँदेल, मृग, घोरलजस्ता वन्यजन्तु, मुनाललगायत चराचुरुंगी अवलोकनका लागि पनि सो स्थान उपयुक्त रहेको पर्यटन व्यवसायी नेपालको भनाइ छ । साथै विभिन्न जडीबुटी,  महाभारत क्षेत्रमा पहाडसँगै रहेका ठूला–ठूला चट्टान र त्यसबीचमा रहेको प्राकृतिक गुफा अन्वेषणका केन्द्र बनाउन सकिने सम्भावना बोकेको उनको भनाइ छ । पर्यटन मन्त्रालयबाट समेत बेथानचोक सामुदायिक वनको पर्यापर्यटन गुरुयोजना समेत सम्पन्न भइसकेको बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहादुर श्रेष्ठले बताए । ‘नारायणस्थान डाँडामा घेराबारको काम शुरू हुँदै छ भने गजराम थुम्कामा जाने सिँढी निर्माण भइरहेको छ,’ उनले भने, ‘दुवै ठाउँको पर्यटन प्रवद्र्धनका लागि बजेट व्यवस्थापन भइसकेको छ ।’ त्यससँगै सो क्षेत्रमा ठूलो बुद्धको प्रतिमा राख्ने कामका लागि बजेट व्यवस्था गरिसकेको वडाध्यक्ष श्रेष्ठले बताए । पर्यटनजस्तै कृषि क्षेत्रको पनि प्रचुर सम्भावना बोकेको बेथानचोक विशेष खाद्य परिकारमा हिमाली चामलको भात, सेराना प्रजातिको माहुरीको मह, अल्लो सिस्नो, खुवालगायत दुग्धजन्य परिकार, लोकल मकैको ढिँडो, मौसमअनुसार फल्ने ऐंसेलु, काफललगायत विभिन्न प्रकारका प्राकृतिक फलको स्वाद लिन पाइने बेथानचोकलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गाउँपालिकाले पहल गर्नुपर्ने स्थानीय बासिन्दा बताउँछन् । बेथानचोकका ती दुई ठाउँमात्रै नभई कामीडाँडा, च्याल्टिडाँडा, थलिडाँडा, महाँकालडाँडा, ठूलाचौर, चोरण्डे आले, अर्खौले, डाँडागाउँ, पार्थली, गुम्बुडाँडालगायत फरक–फरक स्थानबाट रमणीय दृश्यावलोकन गर्न सकिन्छ । रासस

सम्बन्धित सामग्री

पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण भएको छ ।

पर्यटकीयस्थल सोवाङ धुरीमा ‘दृश्यावलोकन केन्द्र’ स्थापना

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीको पर्यटन प्रवर्द्धनमा स्थानीय मण्डली युवा क्लबले सक्रियता बढाएको छ । धौलागिरि आइसफल पदमार्गअन्तर्गत पर्ने पर्यटकीयस्थल सोवाङ धुरीको प्रचारप्रसारका लागि युवा क्लबले प्रवर्द्धन अभियान सञ्चालन गरेको हो । समुद्री सतहदेखि तीन हजार आठ सय ४० मिटरको उचाइमा अवस्थित सोवाङ धुरीमा युवा क्लबको नेतृत्वमा ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको छ […]

पर्यटकीयस्थल पुम्दीकोटमा निमार्णाधीन महादेवको मूर्ति

कास्की, २३ चैत । पोखराको पर्यटकीयस्थल पुम्दीकोटमा निमार्णाधीन महादेवको मूर्ति । आजभोलि यस मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गर्दछ । तस्वीरः प्रदीपराज वन्त÷रासस

पर्यटकीयस्थल सराङ्कोटमा निमार्णाधीन भ्यूटावर

कास्की, २३ चैत । पोखराको पर्यटकीयस्थल सराङ्कोटमा निमार्णाधीन भ्यूटावर । तस्वीरः प्रदीपराज वन्त÷रासस

ठोरी क्षेत्र विशेष पर्यटकीयस्थल घोषणा

मधेश प्रदेश सरकारले पर्साको ठोरी क्षेत्रलाई विशेष पर्यटकीयस्थल घोषणा गरेको छ । पर्साको ठोरीमा आयोजित विशेष कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउत गद्दीले यस क्षेत्रलाई प्रदेशको विशेष पर्यटकीय क्षेत्रको रूपमा घोषणा गर्नुभयो । तराई मधेशको ‘मिनी उपत्यका’को नामले समेत परिचित ठोरीको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले ठोरीलाई मधेश प्रदेश सरकारले पर्यटकीयस्थल घोषणा गरिएको मधेश प्रदेश सरकारले जनाएको …

हिउँले ढाकिएको पर्यटकीयस्थल टोड्के

गलेश्वर, २३ माघ: हिउँले सेताम्य बनेर ढाकिएको म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल टोड्के ।-तस्वीर : ध्रुवसागर शर्मा-रासस

पर्यटकीयस्थल हाँसपोखरी

खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मैयुङडाँडामा अवस्थित हाँसपोखरी ।

पर्यटकीयस्थल मैयुङडाँडा

खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मैयुङडाँडा । समुन्द्री सतहदेखि करिब तीन हजार ३०० मिटर उचाइमा पर्ने पर्यटकीयस्थल मैयुङडाँडा नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मन्धुम ट्रेल पदमार्गमा पर्दछ ।

अन्नपूर्णका पर्यटकीयस्थल भ्रमणका लागि खुलाइने

म्याग्दी । अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थल यही असोज १५ गतेदेखि भ्रमणका लागि खुलाइने भएका छन् । कोरोना महामारी फैलिएपछि गत वैशाखदेखि बन्द भएका पर्यटकीयस्थल करिब छ महिनापछि खुल्न लागेका हुन् । कार्यपालिकाको बैठकले पर्यटकीयस्थल र तातोपानी कुण्ड स्नानका लागि खुलाउने निर्णय गरेको हो । कार्यपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले कोरोना सङ्क्रमणको दर घटेको, खोपको व्यवस्था भएको, थलिएको […]

म्याग्दीका पर्यटकीयस्थल खुल्न थाले

यहाँका पर्यटकीयस्थल करिब पाँच महिनापछि खुल्न थालेका छन् । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि गत वैशाख दोस्रो सातादेखि यहाँका पर्यटकीयस्थल भ्रमण गर्न रोक लगाइएको थियो । कोरोना सङ्क्रमण कम हुँदै गएको, कोरोना भाइरसविरुद्धको खोप लगाउनेक्रम चलिरहेकाले थलिएको आर्थिक गतिविधि र जनजीवनलाई सहज बनाउन पर्यटकीयस्थल खुलाइएको हो । घोडेपानी, मोहरेडाडा, खोपारा, टोड्के, रुइसे, झाँक्रीपानी, धौलागिरि र अन्नपूर्ण आधार शिविर, नारच्याङ झरना, मायालुडाँडालगायतका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको आगमन शुरु भएको छ । सि