देशकै पहिलो होमस्टे सिरुबारी र धार्मिक पात्र श्रवण कुमारलाई राजा दशरथले वाण हानेको स्थललगायत चर्चित पर्यटकीयस्थल आँधीखोला गाउँपालिकामा नै रहेका छन् । सो पालिकाले उक्त क्षेत्रको विकाससँगै थप पर्यटकीय गन्तव्यस्थलको पहिचान र प्रवर्धन गर्न गुरुयोजना तयार पारेको छ । पालिकाले नयाँ पर्यटकीय गन्तव्यको विकास गर्न यस्तो योजनासहितको सक्रियता देखाएको छ । पछिल्लो समय आँधीखोला–१, माझुभन्ज्याङलाई नयाँ पर्यटकीय गन्तव्य स्थल बनाउन पूर्वाधार विकासको काम तीव्र पारिएको छ ।