काठमाडौं : अफ्रिकी देश लिबियाको तटीय सहर डेर्नामा आएको शक्तिशाली आँधीका कारण ६ हजार ९ सय बढीको मृत्यु भएको छ।विभिन्न समाचार एजेन्सीले मृत्यु हुनेको फरकफरक आँकडा सार्वजनिक गरेका छन्। हालसम्म ६ हजार ८ सय ८६ जनाको शव भेटिएको सहरका मेयर अक्रम अब्दुल अझिजले बताएका छन्।मेयर अझिजले १५ हजारभन्दा बढी मानिस बेपत्ता रहेको बताउँदै मृत्यु हुनेको संख्या २० हजारभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ। बाढीले तहसनहस पारेको सहरमा शवहरु यत्रतत्र छरिएको अवस्थामा भेटिएका छन्।डेनियल आँधीका कारण आएको बाढीले डे