काठमाडौं : इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा गएको भूकम्पमा एक सय ६२ जनाको मृत्यु भएको छ।पश्चिमी जाभा प्रान्तका गर्भनर रिदवान कामिलले भूकम्पमा परी मृत्यु हुनेको संख्या एक सय ६२ पुगेको र सात सयभन्दा बढी मानिस घाइते भएको जानकारी दिएका हुन्।घना आवादी भएको क्षेत्रमा भूकम्प गएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरुले बताएका छन्। राजधानी जकार्ताबाट एक सय किलोमिटर टाढाको सियान्जुरलाई केन्द्र बिन्दु बनाएर ५ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको हो।भूकम्पमा परी घाइते भएकाहरुले