खाेटाङ - जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले तोकिएभन्दा बढी भाडा उठाउने चार सुमो चालक तथा सञ्चालकलाई कारबाही गरेको छ ।
दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर शुरु गरिएको विशेष सवारी जाँच अभियानका क्रममा यात्रुबाट तोकिएको भन्दा बढी भाडा उठाउने सुमोलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।
यात्रुबाट तोकिएको भन्दा बढी भाडा उठाएको पाइएपछि काठमाण्डाैबाट यात्रु लिएर खोटाङ आउँदै गरेको ना १ ज ३३९३, ना १ ज ४४८३, प्रदेश–२–०३०१ ज ००११ र ना १ ज ५६५९ नम्बरको सुमो चालकलाई कारबाही गरिएको जिल्ला ट्...