काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले मिटर ब्याज लिएर जनता ठग्नेहरुलाई सरकारले अनुसन्धानको प्राथमिकतामा राखेर छानबिन र कारबाही गर्ने बताएका छन्। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खाणले यस्तो बताएका हुन्। उनले मिटर ब्याजमा जनतासँग पैसा ठग्ने मिटर ब्याजीहरुलाई नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले प्रमुख प्राथमिकता राखेर काम गर्नुपर्ने बताए। मन्त्री खाणले वर्तमान सरकारले चालु […]