कञ्चनपुरको महेन्द्रनगरमा आधुनिक बसपार्क निर्माण भएपछि बजार व्यवस्थित बनेको छ ।
बसपार्क व्यवस्थित नहुँदा सडक किनारामा हुने पार्किङले बजारमा दुर्घटनाको जोखिमसमेत बढेको थियो । गत आवमा भीमदत्त नगरपालिकाले सघन सहरी विकासको सहयोगमा महेन्द्रनगरमा आधुनिक बसपार्क निर्माण गरेको हो । बसपार्क निर्माणपछि महेन्द्रनगर व्यवस्थित बनेको छ । ८ करोड ३२ लाख लगानीमा चार सय सवारी साधन पार्किङ गर्न सकिने गरी आधुनिक बसपार्क निर्माण भएपछि यात्रु तथा यातायात व्यवस्थापनमा सजिलो भएको छ ।