काठमाडौँ – शंखरापुर नगरपालिकामा भएको सार्वजनिक जग्गा अतिक्रमण र प्राकृतिक स्रोतको दोहनविरुद्ध माओवादी केन्द्रले मुख खोलेको छ। जनप्रतिनिधिकै संलग्नतामा नगरभित्रका सार्वजनिक जग्गा उत्खनन् भएको, जंगल फाँडिएको विरोध भएपछि माओवादी केन्द्र शंखरापुर नगर कमिटीले दोषीमाथि कारबाहीको माग गरेको हो। मंगलबार नगर कमिटी अध्यक्ष मधु केसीले विज्ञप्ति जारी गर्दै नगरभित्र प्राकृतिक प्रकोप निम्त्याउने गरी भएका कार्य तत्कालन […]