काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदहरूको छलफल सिंहदरबारमा चलिरहेको छ । आइतवार (आज) दिउँसो १२ बजेदेखि चलिरहेको बैठकले खास निर्णय गर्न सकेको छैन ।
आज प्रधानमन्त्री तथा अध्यक्ष ओलीले कमजोरी स्वीकार्नुको साटो धम्कीपूर्ण अपिल निकालेकाले साेमवार (भोलि) संसद् बैठक बस्नुअघि राजीनामा दिने विषयमा अहिले छलफल भइरहेको नेता मेटमणि चौधरीले उज्यालोलाई जानकारी दिनुभयो ।
माधव नेपालले विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङसँग कुराकानी गरे पनि ओलीले सच्चिनेबारेमा कुनै कुरै ...