परराष्ट्रमन्त्री खड्का बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुने

काठमाण्डाै – परराष्ट्रमन्त्री नारायण खड्का बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुनुहुने भएको छ । असोज ३ गते हुने अन्त्येष्टि समारोहमा भाग लिनको लागि मन्त्री खड्का लण्डन जाने पक्का भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बेलायत नेपालको नजिकको मित्र भएको र महारानीले दुइपटकसम्म भ्रमण गरेकाले उहाँको निधनलाई सरकारले उच्च महत्व दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँको नेपालप्रतिको माया र सद्भाव तथा गोर्खा सैनिककै सुरक्षामा रहेकाले सम्मान दर्शाउन परराष्ट्रमन्त्रीसहित नेपालको उच्चस्तरीय टोली नै अन्त्य...