के तपाईंको फोनको ब्याट्रि चाँडै सकिन्छ ? के तपाईंको फोनको डाटा पनि धेरै टिक्दैन ?यदि तपाईं फोनको अत्यधिक प्रयोग गर्नुहुन्छ भने तपाईंले आफ्नो डाटा प्लान परिवर्तन गर्ने बेला आएको हुनसक्छ तर यदि छैन भने कुनै ह्याकरले तपाईंको फोनलाई चलाइरहेको हुनसक्छ ।फोनको सुरक्षामाथि आक्रमण हुँदा तपाईंको पहिचान र गोपनियतासँग सम्बन्धित डाटा लिक हुनसक्छ ।हालको समयमा फोन ह्याक गर्ने तरिका फेरिएको छ र अब ह्याकरलाई पक्राउ गर्न पनि मुश्किल भएको छ ।तर केही सावधानी अपनाएर तपाईं आफ्नो फोनलाई सुरक्षित गर्न सक्नुहुन्छ ।फोन ह