सर्भर ह्याक भएको होइन रहेछ, सबै डाटा सुरक्षित छ : टेलिकम

काठमाडौं । नेपाल टेलिकमले आफ्नो सर्भर ह्याक नभएको जनाएको छ । गएको असार २७ गते सर्भर ह्याक भएको भन्ने सार्वजनिक भएपछि टेलिकमले एउटा सर्भर बन्द गराएर छानबिन गरेको थियो । विज्ञहरुबाट विस्तृत छानबिनका आधारमा टेलिकमको कुनै पनि डाटा चोरी नभएको पाइएको टेलिकमले जनाएको छ । “डाटा सुरक्षासम्बन्धी गाम्भीर्यता मनन गरी कम्पनीले शंकाको...

सम्बन्धित सामग्री

टेलिकमको सर्भर ह्याक नभएको स्पष्टीकरण, डाटा सबै सुरक्षित

नेपाल टेलिकमको सर्भर ह्याक नभएको टेलिकमले जनाएको छ। ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भन्ने सम्बन्धमा गत असार २७ गते विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपश्चात् डाटा सुरक्षासम्बन्धी गाम्भीर्यता मनन गरी कम्पनीले शङ्काको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानबिन सुरु गरेको थियो।

सर्भर ह्याक भएको छैन :  नेपाल टेलिकम

साउन १, काठमाडौं । नेपाल टेलिकमले आफ्नो सर्भरमा कुनै पनि ह्याक नभएको बताएको छ । केही दिनयता ह्याकर समूहद्वारा टेलिकमको सर्भरमा आक्रमण गरिएको जस्ता खबर सार्वजनिक भएपछि कम्पनीले शंकास्पद डिभाइस बन्द गरेर छानबिन सम्पन्न गरेको थियो ।             टेलिकमले एक विज्ञप्ति जारी गर्दै छानबिनबाट ह्याक भएर कुनै पनि डाटा चोरी भएको नदेखिएको बताएको हो । ‘कम्पनीका सम्बन्धित विज्ञबाट विस्तृत छानबिनपश्चात् कम्पनीको कुनै पनि डाटा चोरी नभएको र समाचारमा उल्लेख गरिएको दाबीमा कुनै पनि सत्यता नरहेको निष्कर्ष निकालिएको वास्तविकता ग्राहकवर्गमा जानकारी गराउन चाहन्छौं’, टेलिकमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।             ग्राहकसँग सम्बन्धित डाटा सुरक्षित राख्न कम्पनीले सुरक्षात्मक संयन्त्र अपनाउँदै आइरहेको र आगामी दिनमा समेत ग्राहकका विवरण सुरक्षित राख्नका लागि कम्पनी प्रतिबद्ध रहेको टेलिकमले बताएको छ । रासस

साइबर हमलामा नेपाली बैंक कति सुरक्षित ? प्रहरी भन्छ- अलर्ट छौं

काठमाडौं । उत्तर कोरियामा बैंकको ‘सर्भर’ ह्याक गरेर पैसा ट्रान्सफर गरिएको चर्चासँगै नेपालमा पनि उच्च