काठमाण्डाै - देशका धेरै ठाउँमा अहिले हुस्सु, कुहिरो लागेको छ ।
अहिले लागेको हुस्सु, कुहिरो बिस्तारै हटेर घाम लाग्ने मौसमविद्ले बताएका छन् ।
काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लामा आज पारिलो घाम लाग्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । उहाँकाअनुसार आंशिक रुपमा बादल लागे पनि आज पारिलो घाम लाग्ने छ । तराईका केही जिल्लामा लागेको बाक्लो हुस्सु, कुहिरो हट्न समय लाग्ने मौसमविद्ले बताएका छन् ।
यस्तै, आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना पनि छ । आज बिहान काठमाण्...