पानी नपर्दा तापक्रम बढ्दै : काठमाण्डौमा दिउँसाे पारिलो घाम, तराईमा हुस्सु कुहिरो

काठमाण्डाै - तापक्रम बढ्दा काठमाण्डौ उपत्यकामा चिसो कम हुँदै गएको छ । काठमाण्डौसहित बाग्मती प्रदेशका धेरैजसो ठाउँमा नै चिसो कम भएको छ । यस्तै, प्रदेश १ का पहाडी जिल्लामा पनि तापक्रम बढ्न थालेको छ । बिहानको काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो अधिकतम तापक्रम १९ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो । आज पनि पारिलो घाम लाग्ने भएकाले बिहान बेलुका चिसो भए पनि दिउँसाे न्यानो हुनेछ । हिउँदे वर्षा नहुँदा र पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव खासै नपर्दा काठमाण्डौसहित बाग्मती र प्रदेश १ का...