मुठभेड होइन, संसद् चलाउन संवाद गर

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आपसी द्वन्द्वका कारण जनताको सार्वभौम थलो संसद् अवरुद्ध छ । भदौ २३ गते अधिवेशन शुरू भएकै दिनदेखि अवरोध खुलाउन ठोस प्रयास भएको देखिएको छैन । दुई दिनको अवधिमा बसेका प्रतिनिधि सभाका ६ वटा बैठकमा प्रमुख प्रतिपक्षी दलको नाराबाजी चलिरहेको छ ।  माधव नेपाल लगायत १४ सांसदमाथि पार्टीले गरेको कारवाही सिफारिश कार्यान्वयन नगरेको भन्दै एमालेले सभामुखको भूमिकाप्रति आपत्ति जनाउँदै आएको छ । पार्टीले गरेको १४ सांसद माथिको कारवाहीलाई एमालेले प्रत...

सम्बन्धित सामग्री

कांग्रेस संसद्‌मा मुठभेड चाहन्छ : प्रमुख सचेतक बर्तौला

सत्तारुढ नेकपा (एमाले)ले संसद्लाई मुठभेडमा लैजानका लागि प्रमुख प्रतिपक्ष कांग्रेस लागिपरेको आरोप लगाएको छ । प्रमुख प्रतिपक्ष कांग्रेसले सहकारीको बचत रकम अपचलन गरेको आरोप रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई लगाउँदै संसद् अवरुद्ध गरिरहेको सन्दर्भमा एमालेले त्यस्तो अभिव्यक्ति दिएको हो ।

सत्ता र प्रतिपक्षको टकरावले संसद् मुठभेड उन्मुख

सत्ता र प्रमुख प्रतिपक्षबीचको टकरावले संसद् बैठक मुठभेड उन्मुख देखिएको छ । सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानबिन गर्न संसदीय समिति गठनको माग राखेर सदन अवरुद्ध गर्दै आइरहेको कांग्रेस बुधबारदेखि सत्तालाई दबाब दिन सडक मोर्चामा समेत उत्रिएको छ ।

सत्तापक्ष र प्रतिपक्ष मुठभेडतिर

सत्ता र प्रमुख प्रतिपक्ष दलले एकअर्कालाई दबाबमा पार्ने रणनीति लिँदा आपसमा मुठभेड बढ्ने देखिएको छ । प्रमुख प्रतिपक्ष एमालेले आफ्नो चासो सम्बोधन नभएसम्म प्रतिनिधिसभा बैठकलाई सहज रूपमा चल्न नदिने भएको छ । सत्ता गठबन्धनका दलले भने ‘प्रतिपक्षले विरोध गरे पनि आफ्नो काम अघि बढाउने’ निर्णय गरेको छ । बुधबार र शुक्रबार संसद् बैठकमा देखिएको दृश्यले पनि सत्तापक्ष र विपक्षीबीच तत्काल सहमति नभए आगामी बैठक थप जटिल हुने संकेत गरेको छ ।

ट्रम्प समर्थकद्वारा अमेरिकी संसदमा आक्रमण, एक महिलाको मृत्यु

काठमाडौं । राष्ट्रपति निर्वाचत जो बाइडेनलाई राष्ट्रपति प्रमाणित गर्न बसेको अमेरिकी संसद बैठकमा डोनल्ड ट्रम्प समर्थकले आक्रमण गरेका छन् । आक्रमणबाट एक महिलाको मृत्यु भएको बीबीसीले जनाएको छ । सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू प्रवेश गरेपछि संसदीय बहस रोकिएको थियो । प्रदर्शनकारीहरूले भवनका झ्यालहरू तोडफोड गर्नुका साथै प्रहरीसँग मुठभेड गरेका थिए । यसक्रममा प्रहरीको गोली लागेर एक महिला प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ । भिड प्रवेश गरेर अवरुद्ध भएको संसद्‍ बैठक पुनः सुरु भएको छ । संसद्‌ रहेको क्यापिटल भवनबाट राष्ट्रपति ट्रम्पका समर्थकहरूलाई हटाइएको केही बेरपछि बैठक पुनः सुरु भएको हो । बाइडनलाई राष्ट्रपति प्रमाणित गर्ने कार्यले निरन्तरता पाएको छ । यता, संसद् भवनमा हमला गर्ने समर्थकका पक्षमा ट्विटहरू गरेपछि ट्विटरले ट्रम्पको खातालाई नयाँ ट्विट गर्ने नमिल्ने गरी १२ घण्टाको प्रतिबन्ध लगाएको छ। आफ्ना ट्विटहरूमार्फत् ट्रम्पले ती समर्थकहरूलाई घर जान भन्नुअघि ‘आइ लभ यू’ लेखेका थिए। ट्रम्पका तीन वटा ट्विटले आफ्नो नीतिको गम्भीर उल्लंघन गरेको भन्दै ट्विटरले तिनलाई हटाइदिएको छ । त्यसो नगरेमा उनको खातालाई नै बन्द गरिनुपर्थ्यो भन्ने ट्विटरको स्पष्टीकरण छ । फेसबुकले समेत आफ्ना नीतिलाई नै उल्लेख गर्दै २४ घण्टा ट्रम्पले आफ्नो पृष्ठमा केही लेख्न नमिल्ने बनाइएको छ । यसअघि ट्रम्पले आफ्ना समर्थकहरूलाई दिएको भिडिओ सन्देशलाई फेसबुक, ट्विटर र युट्युबले प्रसारण गर्नबाट रोकेका थिए। संसद्‌मा देखिएको हङ्गामापछि अमेरिकाका पूर्वराष्ट्रपतिहरूले त्यसको आलोचना गरेका छन् । पूर्व राष्ट्रपति बराक ओबामाले भनेका छन्, ‘इतिहासले आजको घटनालाई विधिवत् चुनावको नतिजाबारे बारम्बार आधारहीन झुटो बोल्ने बहालवाला राष्ट्रपतिले उक्साएको घटनाका रूपमा सम्झनेछन् । यो देशको लागि ठूलो अनादर भएको र देशको लज्जा दिनको रूपमा सम्झिइनेछ ।’ अमेरिकी संसद् भवनमा बुधवारको हमला सन् १८१२ को युद्धपछिको पहिलो रहेको यूएस क्यापिटल हिस्टोरिकल सोसाइटी एक्सपर्ट जनाएको छ । सन् १८१४ मा ब्रिटिश फौजले डिसीलाई अतिक्रमण गरेर निर्माणाधीन भवनमा आगो लगाइदिएको थियो । सो घटनाको विश्वभरबाट निन्दा गरिएको छ ।