सरकारले राष्ट्रिय सम्मान दिएर जोशीको बिदाइ गर्ने

काठमाण्डाै - सरकारले आज बिहान निधन भएका संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्रिय सम्मानका साथ बिदाइ गर्ने भएको छ । गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले जोशीको पार्थिव शरीरलाई नेपाल प्रहरीबाट शोक सलामी अर्पण गरेर राष्ट्रिय सम्मान दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । जोशीको शव अहिले ललितपुर महानगरपालिकाको कार्यालय परिसर पुल्चोकमा राखिएको छ । पुल्चोकमै दिउँसो ४ बजे नेपाल प्रहरीको एक टुकडीले स्वर्गीय जोशीलाई शोक सलामी अर्पण गर्नेछ । शोक सलामी दिएर जोशीको शव  ...

सम्बन्धित सामग्री

‘सलामी’पछि जोशीको पार्थिव शरीर अस्पतालमा लगियो

काठमाडौं, ३० असोज । आइतबार निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीलाई सरकारले ‘राष्ट्रिय सम्मान’ का साथ बिदाइ गरेको छ । जोशीको शव ललितपुर महानगरपालिका परिसरमा राखेर नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिएको हो । सलामी दिएर जोशीको शव किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गरिदै छ । जोशीको आज विहान १०३ वर्षको उमेरमा निधन भएको हो  । […]

आजै जोशीको पार्थिव शरीर किष्ट मेडिकललाई प्रदान गरिने

काठमाडौं, ३० असोज । आइतबार उपचारको क्रममा निधन भएका संस्कृतिविद सत्यमोहन जोशीको पार्थिव शरीर किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई हस्तान्तरण गरिने भएको छ । उनकै इच्छाअनुसार अन्तिम श्रद्धाञ्जलीको लागि जोशीको शरीर अस्पताललाई हस्तान्तरण गरिन लागिएको हो । आज निधन भएका जोशीलाई सरकारले ‘राष्ट्रिय सम्मान’ का साथ बिदाइ गर्ने भएको छ । जोशीको शव ललितपुर […]

शताब्दी पुरुष जोशीलाई ‘राष्ट्रिय सम्मान’ दिइने

काठमाडौं, ३० असोज । आइतबार निधनमा भएका शताब्दी पुरुष सत्यमोहन जोशीलाई सरकारले ‘राष्ट्रिय सम्मान’ का साथ बिदाइ गर्ने भएको छ । जोशीको शव ललितपुर महानगरपालिका परिसरमा राखेर नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिने निर्णय गरेको गृहमन्त्रालयलका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताए । मन्त्रालयले यस विषयमा निर्णय गरेर प्रहरी प्रधानकार्यालयमा पत्र पठाइएको समेत उनले जानकारी दिए […]

जोशीलाई ‘राष्ट्रिय सम्मान’ दिइने

उपचारका क्रममा आइतबार बिहान निधन भएका वाङ्‍मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई ‘राष्ट्रिय सम्मान’का साथ बिदाइ गरिने भएको छ । गृहमन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिका परिसरमा राखेर नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिने निर्णय भएको बताए ।