अर्जेन्टिनाका गोलकिपर इमिलानो मार्टिनेजले विश्वकपको उपाधिको खुसीयाली मनाउने क्रममा पुनः फ्रान्सका फरवार्ड किलियान एम्बाप्पेको मजाक उडाएका छन् । मार्टिनेजलाई एम्बाप्पेको अनुहारको तस्बिर भएको गुडिया बोकेर खुसीयाली मनाइरहेको पाइएको हो ।एस्टन भिल्लाका गोलकिपरले कतार विश्वकपको लुसेल स्टेडियममा भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा फ्रान्सका दुईवटा प्रहार रोक्दै टोलीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । ३० वर्षीय खेलाडीले प्रतियोगिताको उत्कृष्ट गोलकिपरको रूपमा गोल्डन ग्लोबको अवार्ड हात पारेपछ