इटालीका गोलकिपर डोनारूमा पीएसजीसँग अनुबन्ध

एजेन्सी। इटालीका गोलकिपर जियानलुइगी डोनारुमा फ्रान्सको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग पाँच वर्षका लागि अनुबन्ध भएका छन्। उनी इटालियन सिरी ‘ए’ क्लब एसी मिलानबाट ‘फ्रि ट्रान्सफर’मा पीएसजीसँग अनुबन्धित भएका हुन्। डोनारुमा युरो–२०२० को सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। उनकै उत्कृष्ट प्रर्दशनप्रेरित मिलान २०१३/१४ सिजनपछि पहिलोपटक च्याम्पियन्स लिगमा फर्किएको थियो। उनी इटालीबाट डेब्यू गर्ने सबभन्दा कान्छो गोलकिपर हुन्।

सम्बन्धित सामग्री

फ्रेन्च गोलकिपर बाल्टुज ललितपुर सिटीमा अनुबन्ध

१९ कात्तिक, काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) का लागि ललितपुर सिटी एफसीले फ्रेच्न गोलकिपर रेफ्री बाल्टुसलाई अनुबन्ध गरेको छ । ललितपुरलले शनिवार फ्रान्सको दोस्रो, तेस्रो र चौथो डिभिजनको लिग फुटबल खेलिसकेका गोलकपर बाल्टुसलाई अनुबन्ध गरेको जनाएको छ । ललितपुरले बाल्टुसलाई अनुबन्ध गरेको खबर सार्वजनिक गर्दै एकदमै उत्साहित रहेको जनाएको छ । ‘एथ्लेटिक […]

चेल्सीका गोलकिपर केपा लोनमा रियल मड्रिड पुगे

२९ साउन, काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीका गोलकिपर केपा अरिजाबालागा लोनमा स्पानिस क्लब रियल मड्रिड पुगेका छन् । रियलले केपालाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो । पहिलो रोजाइका गोलकिपर थिबाउट कोर्तवा घाईते भएपछि रियलले नयाँ गोलकिपर भित्र्याएको हो । सन् २०१८ मा स्पेनकै एथ्लेटिक विलवाओबाट चेल्सी पुगेका उनले लण्डन क्लबका लागि १०९ […]

गोलकिपर ओनाना म्यानचेष्टर युनाइटेड जाने पक्का

काठमाडौं । प्रिमियर लिग क्लब आन्द्रे ओनानाले इन्टर मिलानबाट गोलकिपर आन्द्रे ओनानालाई अनुबन्ध गर्ने पक्का भएको छ । युनाइटेडले २७ वर्षीय गोलकिपर ओनानालाई अनुबन्ध गर्नका लागि इन्टरसँग सहमति जनाएको बीबीसीले जनाएको छ । ओल्ड ट्राफोर्ड क्लबले क्यामरुनी गोलकिपरका लागि ५५ मिलयन युरो तिर्ने सहमति गरेको छ । युनाइटेडले ओनाना प्रि सिजनका लागि अमेरिका भ्रमणमा समावेश […]

मनाङको गोलकिपर प्रशिक्षकमा आई लिग जितेका मनिष

३१ वैशाख, काठमाडौं । गोकुलम केरलाबाट भारतीय आई लिगको उपाधि जितेका मनिष तिम्सिना मनाङ मर्स्याङ्दी क्लबको गोलकिपर प्रशिक्षकको रुपमा अनुबन्ध भएका छन् । कीर्तिमानी ८ पटकको च्याम्पियन मनाङले सिजनको बीचमा मनिषलाई गोलकिपर प्रशिक्षक बनाएको हो । मनिषले सामाजिक सञ्जालमा पोष्ट राख्दै नयाँ प्रोजेक्ट सुरु भएको बताएका छन् । आई लिग सकिएर नेपाल फर्केका उनले पहिलो […]

फरवार्ड राजेश र गोलकिपर विशाल फ्रेण्ड्समा अनुबन्ध, असिमले गरे सम्झौता नवीकरण

१० माघ, काठमाडौं । फ्रेण्ड्स क्लबले आगामी शहीद स्मारक ए डिभिजन लिगका लागि खेलाडी अनुबन्ध प्रक्रिया सुरु गरेको छ । ललितपुरको कुपण्डोलमा रहेको फ्रेण्ड्सले नयाँ सिजनका लागि दुई नयाँ खेलाडी अनुबन्ध गरिसकेको छ । फ्रेण्ड्सले युवा फरवार्ड राजेश परिवार र युवा गोलकिपर विशाल सुनारलाई अनुसबन्ध गरिसकेको छ । १३ औं साग फुटबलमा राष्ट्रिय टिमबाट स्वर्ण […]

जर्मन गोलकिपर लोरिस न्युक्यासल युनाइटेडमा अनुबन्ध

जर्मन गोलकिपर लोरिस कारियस इंग्लिस प्रिमियर लिग क्लब न्युक्यासल युनाइटेडमा अनुबन्धन भएका छन् ।

गोलकिपर एलेक्स लेस्टरमा

प्रिमियर लिग क्लब लेस्टर सिटीले गोलकिपर एलेक्स स्मिथिसलाई अनुबन्ध गरेको छ । लेस्तरले एलेक्सलाई दुई सिजनका लागि अनुबन्ध गरेको हो । ३२ वर्षीय गोलकिपरलाई लेस्टरले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।एलेक्स चार सिजन कार्डिफ सिटीमा बिताएर क्लबका लागि १०० खेल खेलेका छन् । ‘मैले धेरै युवा टोलीसँग खेलेको छ । त्यसैले म फिट छु । मैले मेरो करियरमा धेरै खेल खेलेको छु, ती मध्ये अधिकांश च्याम्पियनसिपमा र यहाँ मेरो भूमिका अलि फरक हुनसक्छ,’ स्मिथिसले भने ।

११ वर्षपछि गोलकिपर क्यास्परले छाडे लेस्टर सिटी

१९ साउन, काठमाडौं । लेस्टर सिटीका कप्तान तथा गोलकिपर क्यास्पर स्माइकलले ११ वर्षपछि क्लब छाडेका छन् । ३५ वर्षीय डेनिस गोलकिपर क्यास्परले लेस्टरसँग ११ वर्षको सम्बन्ध टुङ्गाउँदै फ्रेन्च क्लब नाइसमा अनुबन्ध भएका छन् । उनले नाइससँग तीन वर्षको सम्झौता गरेका छन् । सन् २०११ मा लिड्स युनाइटेडबाट लेस्टर सिटी पुगेका क्यास्परले किंग पावर स्टेडियममा उत्कृष्ट […]

हेनेसी फेरेस्टमा अनुबन्ध

प्रिमियर लिग क्लब नटिङ्घम फरेस्टले गोलकिपर वायन हेनेसीलाई अनुबन्ध गरेको छ । ३५ वर्षीय गोलकिपर हेनेसीलाई फरेस्टलाई बर्नलीबाट अनुबन्ध गरेको हो । हेनेसीले फरेस्टसँग २ वर्षको सम्झौता गरेका छन् ।हेनेसीले गत सिजन बर्नलीका लागि ३ खेल खेलेका थिए । हेनेसीले वेल्सका लागि उनले १०३ खेल खेलेका छन् ।

टुसालबाट बी डिभिजन लिग खेलेका गोलकिपर रोशन थ्री स्टारमा अनुबन्ध

६ भदौ, काठमाडौं । थ्रीस्टार क्लबले नयाँ सिजनअघि गोलकिपर रोशन गुरुङलाई अनुबन्ध गरेको छ । टुसाल युथ क्लबबाट यसअघि बी डिभिजन लिग खेलेका रोशनलाई थ्रीस्टारले ए डिभिजन लिगका लागि भित्र्याएको हो । रोशनलाई आइतबार अनुबन्ध गरेको ललितपुरको क्लब थ्री स्टारले जनाएको छ । सन् २०१६ मा सानोगौचरण युथ क्लबबाट सी डिभिजन खेल्दै फुटबल करिअर शुरु […]