जंगली जनाबरले सर्लाहीका किसान हैरान

सर्लाही,पुस २४- जंगली जनाबरले बाली नष्ट गर्न थालेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । जंगली जनाबरले रातको समयमा खेतमा लगाएको मकै, उखु, तोरी...

सम्बन्धित सामग्री

कुरुङदीको पाखैभरी केरा खेती : रोगले हैरान किसान

गलेश्वर (म्याग्दी), २७ भदौ । शिरानमा घना जङ्गल पुछारतर्फ बुट्यान सहितको उर्वर फाँट र नागबेली परेर बगेको म्याग्दी नदी । जङ्गलकै बीचमा २२ रोपनी क्षेत्रफलमा गरिएको केराखेती पारीपट्टीको डम्मरा गाउँबाट हेर्दा केराकै जङ्गलजस्तो देखिने बगरफाँटको कुरुङ्दी क्षेत्रमा विस्तार भएको केराखेतीले वन नै ढाकिएको छ । सदरमुकाम बेनीबजारदेखि तीन किलोमिटर पश्चिममा पर्ने बगरफाँट गाउँभरी विस्तार गरिएको […]

बाँदर आतंकले हैरान किसान, कुरुवा बस्दै बित्छ दिन

सयौँको संख्यामा रहेको बाँदरले बारीमा रहेको मकै एकैछिनमा नष्ट गर्ने हुँदा एक जना कुरुवा अनिर्वाय राख्नुपर्ने बाध्यता रहेको ढोरपाटन नगरपालिकाका किसान कृष्णबहादुर विकले बताए ।

छाडा चौपायाबाट किसान हैरान, बाली जोगाउनै मुस्किल

काठमाडौं, ३० पुष । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का सरस्वती भट्टको पाँच कट्ठा खेतमा लगाएको गहुँ बाली छाडाचौपायाले सखाप पारिदियो । खेतमा मात्रै होइन छाडा चौपाया उहाँको बारीमै पसेर तरकारी खेतीसमेत नोक्सान गरिदियो । ‘खेतमा तारबार गरेकी छु, तर बार तोडेर गहुँ सखाप पारिदियो । छाडाचौपायाका कारण बाली जोगाउनै मुस्किल भयो,’ भट्टले भनिन् । छाडा चौपाया […]

किसान सक्खर उद्योगलाई सस्तोमा उखु बेच्न बाध्य

सर्लाहीका उखु मिलहरुले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लामा रहेका तीन उखुमिल मध्य हरिवन नगरपालिका– ११ स्थित रहेको इन्दु शङ्कर चिनी उद्योगबाहेक अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले समयमै उखु उत्पादक किसानको भुक्तानी नदिएपछि हैरान भएका किसानले उत्पादन गरेको उखु सक्खर उद्योगलाई बेच्न थालेका हुन् ।जिल्लामा रहेका चिनी मिल पनि समयमा सञ्चालन नहुने र उखु बेचेको लामो समयसम्म पनि भुक्तानी नपाउने चिन्तामा रहेका जिल्लाका किसान स्थानीय सक्खर उद्योगला

बाँदर आतंकले किसान हैरान

गुल्मी । गुल्मीमा बाँदर आतंकले किसान हैरान भएका छन् । जिल्लाका अधिकाशं ठाउँमा बाँदरले मकै नष्ट गर्दा किसानले हैरानी खेपेका हुन् । किसानहरु मकै जोगाउनको लागि बिहानदेखि बेलुकीसम्म बारीमै हुन्छन् । तरपनि मकै जोगाउन हम्मे–हम्मे परेको छ । ‘बिहानदेखि बेलुकीसम्म बारीमै बस्नुपर्छ, तरपनि बाँदरले झुक्काएर मकै खाइदिन्छ ।’ धुर्कोट गाउँपालिका –४ जैसिथोकका विर बहादुर नेपालीले […] The post बाँदर आतंकले किसान हैरान appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुदूरपश्चिममा जहिल्यै मल अभाव‚ किसान हैरान

धनगढी : सुदूरपश्चिम प्रदेशमा यो वर्ष पनि रासायनिक मलको चरम अभाव देखिएको छ। किसानले धानखेती लगाउने समय शुरु हुँदा पनि प्रदेशका किसानले मल पाउन नसकेका हुन्। अहिले प्रदेशमा धानखेतीका लागि आवश्यक पर्ने डिएपी र युरिया मलको अभाव देखिएको छ। खेती लगाउने समय शुरु हुँदा पनि प्रदेशमा मल पुगेको छैन। जसका कारण किसानले हैरानी खेप्नुपरेको छ। बढी धान उत्पादन हुने कैलालीमा मलको अभाव बढी छ। मल अभावकै कारण उत्पादन पनि घट्ने किसान तथा परिश्रम कृषि सहकारी संस्थाका व्यवस्थापक रामसमझ चौधरीले बताए। ‘मल नपाएर

आँपमा मधुवाले सताएकाले किसान हैरान

महोत्तरी । पात र हाँगासमेत नदेखिने गरी आँपका रुखमा मज्जर (मञ्जरी, फूल) ले ढाक्दा दङ्ग परेका किसान अब दिक्क हुन थालेका छन् । यसपाली आँपमा राम्रो मज्जर खेल्दा मनग्गे आम्दानी लिने आसले फुरुङ्ग परेका भङ्गाहा नगरपालिका–४ रामनगरका किसान गङ्गाराम महतोको खुसी मधुवा (आँपको मज्जरमा लाग्ने रोग) का कारण धेरै दिन टिकेन । आफ्नो बगैँचाका आँपका रुखमा पात नै नदेखिने गरी लागेको  पहेंलपुर मज्जर मधुवाले डढाएर सखाप पारेकाले उनको  खुशी हराएको हो । महतोजस्तै सोही बस्तीका बासु बराल, गुणराज दाहाल, सतिश पाण्डे, अरुण गिरी, हरिदेव साह, सत्यनारायण यादव र भजन महतो पनि आँपको मज्जरमा मधुवाले भुसुक्कै पारेकाले पिरोलिएका छन् । फूल फुलेको देख्दा यसपालि राम्रै आम्दानी लिने सपना बुनेका थियौँ”, फलफूल किसान हरिदेव साहले भने, राम्ररी टिकोला (चिचिला) नै लाग्न नपाई मज्जरनै डढ्यो ।” मधुवाको प्रकोपले व्यावसायिक रूपमै फलफूलखेती गर्ने यहाँका किसान निरास भएका छन् । फलफूल खेतीलाई नै गुजाराको मुख्य पेसा बनाएका किसानमा फलफूलमा लाग्ने रोगको प्रकोपले चिन्ता बढाएको हो । “खै केही वर्ष पहिले त फलफूलखेती हेर्ने जेटिए बाबु (कृषि सहायक, कृषि प्राविधिक) आएर यस्तो गर्नोस् भनेर परामर्श दिन्थे”, बर्दिबास नगरपालिका–९ पशुपतिनगरका फलफूल किसान विनोद महतोले भने, “अचेल त केही वर्षयता कोही पनि सोधखोज गर्न आउँदैनन्, आफूले जानेको गरियो, केही लागेन ।” समयसमयमा कृषि परामर्श नपाउँदा पनि आफूहरू पछि परेको फलफूल किसानको गुनासो थियो । जिल्लाको बर्दिबास, गौशाला, भङ्गाहा र जलेश्वर नगरपालिका क्षेत्र एवं पिपरा गाउँपालिका क्षेत्रमा व्यावसायिक रूपमै आँप बगैँचा लगाइएको छ । सबैजसो क्षेत्रमा मधुवाले मज्जर डढाएर कालो बनाएपछि लागेका  केही टिकोला पनि चाउरिएर नबढेको पीडित किसानले बताए । “यसपालि आँपबाट आम्दानी लिने आस मर्‍यो”, मधुवाले डढाएर कालो बनाएको मज्जरतिर देखाउँदै पशुपतिनगरकै अर्का फलफूल किसान सुरजसिंह कुशवाहाले भने । उनकोे दुई बिघा जमिनमा आँप बगैँचामा २० प्रतिशत रुखमा मात्र चिचिला रहेको बुशवाहाको भनाइ थियो । आँपमा चिचिला खेल्ने समय चैत पहिलो सातामै मज्जरमा मधुवा लागेर कालो बनाएको छ । चैत शुरू भएसँगै मधुवाले आँपका मज्जर डढाएर कालो बनाएको गौशाला–८ बेलगाछीका किसान लालदेव महतोले  बताए । आफ्नो बारीका ६० रुख आँपमध्ये आधाभन्दा बढी  रुखको मज्जर मधुवाले डढाएको उनको गुनासो थियो । “मधुवा नियन्त्रणका लागि उपचार गरिए पनि रोग नियन्त्रण हुन सकेको छैन”, महतोले आफ्नो आँप बगैंचामै पुगेका सञ्चारकर्मीसँग भने, ँतर सघन उपचार बढाइएपछि थप रुखमा भने मधुवा लागेको छैन ।” यसपालि जिल्लाका सबैजसो भेगमा आँपमा राम्रो मज्जर लागे पनि सबैतिर मधुवाको प्रकोप पनि फैलिएको छ । “पहिले त पानीको फोहराले प्राकृतिक उपचार गरियो”, जलेश्वर–५ चौडियाका किसान रहिमन मण्डलले भने । “त्यसपछि एकपछि अर्को उपचार चलाइए पनि पूर्ण नियन्त्रण हुन सकेन ।” आँपमा मधुवाले गाँजेपछि यसपाली आँपको उत्पादन घट्ने चिन्ताले किसानसँगै उपभोक्ता पनि पिरोलिएका छन् । “आँप प्रचुर फल्दा सस्तो हुने र गरिबले पनि आफ्नो आयस्ताअनुसार खान पाउँथे”, बर्दिबास–१ का होटल व्यवसायी दिपेन्द्र पराजुलीले भने,, "यसपाली भने मधुवाले मज्जर नै डढाएपछि उत्पादन कम हुनेहुँदा उपभोक्ताले आँप खान पाउने छैनन् ।” यता फलफूल विज्ञले भने मज्जर खेल्नासाथै उपचार नगरिदा मधुवाको प्रकोप बढेको बताए । समयमै उपचार नगरिँदा मधुवाको प्रकोप बढेको भङ्गाहा–६ सग्रामपुर निवासी पूर्वकृषि विज्ञ  राजकिशोर यादवको भनाइ थियो ।  लगातार सघन उपचार  गरिँदै लगिए रुखका टिकोला अडाउन सकिने उनको सुझाव थियो ।     यसैगरी आँपमा फूल खेल्न थालेकै बेला उपचार नगर्दा मधुवा लागेको अर्का फलफूल विज्ञ ज्ञानेन्द्र सिंह कुशवाहाको भनाइ थियो । रासस

जंगली जनावरको आतङ्कले किसान हैरान

विनोदसिंह विष्ट, बैतडी । बैतडीमा जंगली जनावरले आतङ्क मच्चाउँदा किसान हैरान भएका छन् । बँदेल, बाँदर, दुम्सीजस्ता जनावरले बालिनाली सखाप पार्न थालेपछि किसान हैरान भएका हुन् । दिउँसो बाँदर र राति दुम्सी तथा जंगली बँदेलले मकैबाली तथा अन्य खाद्यबाली र फलफूल, तराकारी नष्ट गर्न थालेको दोगडाकेदार गाउँपालिका–३ का गणेश विष्टले बताउनुभयो । खास गरेर मुख्य […]

वन्यजन्तुका कारण काभ्रेका किसान हैरान, बाली जोगाइदिन माग

काभ्रे जिल्लाका किसानहरूलाई वन्यजन्तुले हैरान बनाएको छ। जिल्लाका कृषकहरूलाई बँदेल, बाँदर, दुम्सीलगायतका वन्यजन्तु दुःख दिईरहेका छन्। बाली जोगाउन कृषकहरूले सम्बन्धित निकायसँग माग गरेका छन्। जिल्लाको नमोबुद्ध नगरपालिका–८ का होमबहादुर तुम्सिङ मगरले...

बाँदर आतंकले किसान हैरान

गुल्मी । धुर्कोट गाउँपालिका –५ वस्तुकी पावर्ता भण्डारीको घर नजिकै एक हलको बारी छ । खेतीमा कुनै रोग नलागे र जङ्गली जनावरले नोक्सान नगरे छ मुरी मकै उत्पादन हुन्छ । ५/६ बर्ष पहिलेसम्म साढे पाँचदेखि छ मुरीसम्म मकै भित्राएकी पार्वताले यस बर्ष भने एक मुरीजति मकै भित्राइन् । कारण हो, बाँदरले मकै नोक्सानी गर्नु । […] The post बाँदर आतंकले किसान हैरान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.