मेलम्ची : सिन्धुपाल्चोकका बाढीग्रस्त मेलम्ची नगरपालिकासँगै पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले राहत तथा उद्धारका लागि ३ करोड आर्थिक सहयोग हस्तान्तरण गरेको छ। आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगी ती पालिकालाई सहयोग रकम हस्तान्तरण गरेको हो।
महानगरपालिकाको तर्फबाट काठमाडौं महानगरसँग भगिनी…