म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ काफलडाँडास्थित करबाकेलीमा चन्दा जुटाएर सङ्ग्रहालय स्थापना भएको छ। ८० लाख रुपैयाँ खर्चेर स्थापना भएको सङ्ग्रहालयमा सरकारी निकायको १३ लाख रुपैयाँबाहेक बाँकी लगानी चन्दाबाट जुटाइएको हो।
करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा लोप हुन लागेका सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले पुन सङ्ग्रहालय सञ्चालन गरिएको हो।…