गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ग्रेटर पोखराको अवधारणाका साथ पोखराको पर्यटकीय विकास अघि बढाउनुपर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्को २२औँ साधारणसभा तथा १२औँ अधिवेशनको बिहीबार उद्घाटन गर्दै उनले प्रदेशको समृद्धिको आधार नै पर्यटन भएकाले ग्रेटर पोखराको अवधारणामार्फत पर्यटन विकास गर्नुपर्ने बताए ।पोखरालाई वैधानिक रुपमा पर्यटकीय राजधानी घोषणा गर्नुपर्नेमा मुख्यमन्त्री पोखरेलको जोड छ । गण्डकी प्रदेशसभा सदस्य राजिव पहारीले गण्डकी प्रदेशबाट पारित ऐनमा देखिएका कमीकमजोरीलाई