क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा पक्राउ परेका नुवाकोटका अमित श्रेष्ठसँग जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ४८ करोड ४ लाख ७२ हजार बिगो मागदाबी लिएको छ । मोबाइल र ल्यापटपको फोरेन्सिक जाँच रिपोर्ट अनुसार उनले राष्ट्र बैंकको अनुमति बिना विदेशी मुद्राको कारोबार गरेको देखिएको छ ।उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ महानगरपालिका–३ पानीपोखरी बस्दै आएका ४१ वर्षीय श्रेष्ठलाई असार २९ मा पक्राउ गरेको थियो । डिजिटल फोरेन्सिक ल्याबमा उनको ल्यापटप र मोबाइल परीक्षण गर्दा ३३ करोड ९ लाख २१