मङ्सिरको कुल कारोबारमा सोनापुर मिनरल्सको सर्वाधिक हिस्सा, यी हुन् कारोबार बढी गर्ने १० कम्पनी

काठमाडौं । मङ्सिरमा धितोपत्र दोस्रो बजारमा ३६ अर्ब ४३ करोड ४४ लाख २० हजार रुपैयाँ बराबरको ११ करोड ७९ लाख ३७ हजार ९२२ कित्ता धितोपत्र कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मङ्सिरमा १९ दिनको कारोबारमा उक्त रकम बराबरको धितोपत्र कारोबार भएको जानकारी दिएको हो । कुल कारोबारमा सर्वाधिक हिस्सा सोनापुर मिनरल्सले ओगटेको छ । मङ्सिर मा सोनापुर मिनरल्सको १ अर्ब ८१ करोड १३ लाख रुपैयाँभन्दा बढीको ५८ लाख ५५ हजार कित्ता शेयर कारोबार भएको नेप्सेको तथ्याङ्कले देखाउँछ । धितोपत्र दोस्रो बजारमा कात्तिक १२ गतेदेखि कारोबार शुरु भएको कम्पनीले उद्योग प्रभावित स्थानीयमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १२५ रुपैयाँ थप गरी प्रतिकित्ता २२५ रुपैयाँ र सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँमा प्रिमियमबापत १३७ रुपैयाँ ५८ पैसा थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ विक्री गरेको थियो ।  शुरुआती दिनमा आईपीओ खरीदकर्ता नै घाटामा रहेको कम्पनीको शेयर मूल्य पछिल्लो समय प्रतिकित्ता ४५४ रुपैयाँ १० पैसा कायम भएको छ । पछिल्लो कारोबार दिन कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ । मङ्सिरमा कम्पनीको शेयर मूल्य कात्तिकको तुलनामा प्रतिकित्ता १०२ रुपैयाँ ८० पैसाले बढेको छ ।  कात्तिकको अन्तिम कारोबार दिन प्रतिकित्ता २५९ रुपैयाँ रहेको कम्पनीको शेयर मूल्य मङ्सिरको अन्तिम कारोबार दिन ३६१ रुपैयाँ ८० पैसा कायम भएको थियो । मङ्सिरपछिको कारोबारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९२ रुपैयाँले बढेको छ ।  कारोबार रकमसँगै मूल्यमा पनि वृद्धि भएको हिसाबमा कम्पनीको शेयर खरीदमा लगानीकर्ताको आकर्षण बढी रहेको बुझिन्छ । मङ्सिरमा सर्वाधिक रकमको कारोबार हुने १० कम्पनीभित्र सोनापुर मिनरल्ससँगै रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, शिवम् सिमेन्ट, माउन्टेन इनर्जी, नेपाल पुनर्बीमा कम्पनी, सन् नेपाल लाइफ, सोल्टी होटल, सानिमा जिआईसी इन्स्योरेन्स र हाथवे इन्भेष्टमेन्ट छन् । मङ्सिरमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनी रिलायबल नेपाल लाइफको १ अर्ब २० करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै सिटिजन लाइफको १ अर्ब ९ करोड ३६ लाख रुपैयाँ, शिवम् सिमेन्टको ९८ करोड ४८ लाख रुपैयाँ, माउन्टेन इनर्जीको ९६ करोड ८२ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ८६ करोड ८३ लाख रुपैयाँ, सन् नेपाल लाइफको ८२ करोड ८५ लाख रुपैयाँ, सोल्टी होटलको ८१ करोड ९८ लाख रुपैयाँ, सानिमा जिआईसीको ७८ करोड १३ लाख रुपैयाँ र हाथवे इन्भेष्टमेण्टको ७६ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । मङ्सिरमा सर्वाधिक कारोबार गर्ने १० कम्पनीभित्र बीमा क्षेत्रका कम्पनीको संख्या बढी छ । मङ्सिर २० गतेदेखि धितोपत्र दोस्रो बजार १ हजार ८३० विन्दुदेखि उकालो लागेर मङ्सिर २९ गते उक्त महीनाको अन्तिम कारोबार दिन १ हजार ९९४ दशमलव ६० विन्दुमा बन्द भएको थियो । त्यसपछिको पछिल्लो कारोबार दिन नेप्से परिसूचक २ हजार ६८ दशमलव ९० विन्दुमा कायम छ ।  सर्वाधिक कारोबार गर्ने १० कम्पनीको कारोबार रकम स्राेत : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ।

सम्बन्धित सामग्री

प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार बढ्दै

काठमाडौं : नेपालमा पूर्ण प्रतिबन्धित क्रिप्टोकरेन्सी अर्थात् भर्चुअल मुद्रा कारोबार बढ्दै गएको छ।नेपाल राष्ट्रबैंकले बिटक्वाइनलगायत जुनसुकै डिजिटल मुद्रालाई २०७४ साउन २९ गते अवैध घोषणा गरेको थियो। राष्ट्रबैंकले नेपालमै वा विदेशमा बस्ने नेपाली नागरिकले यस्ता गैरकानूनी कारोबार गर्न नपाउने भनेको छ।अवैध कारोबार बढेपछि नेपाल राष्ट्रबैंकले पटक–पटक सचेत गराउँदै कारबाहीको चेतावनीसमेत दिएको छ। यद्यपि कारोबार भने रोकिएको छैन। राष्ट्रबैंकद्वारा वित्तीय कारोबार गर्न जारी नियम विनियम, निर्देश

यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी

काठमाडौं, १९ मंसिर । नेप्सेमा आज ४ अर्ब ९ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेमा उच्च अंकको गिरावट आएपनि केही कम्पनीको भने कारोबार उच्च भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको आज २८ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको हो । त्यस्तै, […]

कनेक्ट आईपीएसको कारोबार शुल्क घट्यो

नेपाल क्लियरिङ हाउसले कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरेको छ ।नयाँ कारोबार शुल्क अनुरूप बैंक-वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकले अब कारोबार रकम बमोजिम २ देखि ८ रुपैयाँसम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन् । ५०० रुपैयाँसम्मको भुक्तानीमा प्रति कारोबार शुल्क २ रुपैयाँ, ५०० भन्दा माथि ५ हजारसम्म प्रति कारोबार शुल्क ४ रुपैयाँ […]

बढ्दै छ, वालेटमार्फत हुने कारोबार

काठमाडौं, असोज १०। विद्युतीय भुक्तानी सेवाप्रदायक वालेटमार्फत हुने कारोबार रकम पछिल्लो समय बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले यसमार्फत हुने कारोबार रकम बढ्दै गएको देखाएको हो । चालू आर्थिक वर्षको पहिलो महीना अर्थात् साउनमा मात्र वालेटमार्फत हुने कारोबार औसतभन्दा धेरै माथि गएको छ । गत आवको कुल कारोबार रकमको आधारमा वालेटमार्फत मासिक […]

किन घट्यो इन्टरनेट बैंकिङ कारोबार ?

मुलुकमा डिजिटल भुुक्तानीका विभिन्न माध्यमको कारोबार वृद्धि भइरहेको बेला इन्टरनेट बैंकिङ कारोबार भने घटेको छ ।  गत आर्थिक वर्ष २०७७/ ७८ को अन्तिम महिना असारमा इन्टरनेट बैंकङबाट हुने कारोबार रकम १३ अर्ब ८३ करोड २० लाख रुपैयाँ रहेको छ । जब कि त्यसअघिको वर्षको असार महिनामा यस्तो कारोबार १९ अर्ब ४ करोड ८० लाख रुपैया रहेको थियो ।  यस हिसाबले हेर्दा यस वर्ष २७ प्रतिशतले...

यी हुन् आज कारोबार उच्च हुने कम्पनी

काठमाडौं, २१ साउन । नेप्सेमा आज १४ अर्ब ३१ करोड बढीको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीको ६४ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । यसैगरी आज, अपि पावर कम्पनीको ५६ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । नेप्सेको अनुसार […]

बढ्यो कारोबार रकम

काठमाडौं। आज सेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ। नेपाल स्टक एक्चेञ्ज(नेप्से) का अनुसार आज बजारमा २२९ कम्पनीको कारोबारमा ९ अर्ब ९८ करोड २६ हजार रुपैयाँको कारोबार भएको छ भने हिजो ८ अर्ब ६ करोड रुपैयाँको कारोबार भएको थियो। योसँग आज बजारमा आइतबार भन्दा एक अर्ब ९२ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

घट्यो कारोबार रकम

काठमाडौं। नेपाल स्टक एकस्चेञ्ज (नेप्से)मा आज पछिल्लो दुई महिना यताकै न्यून कारोबार भएको छ। नेप्सेमा आज जम्मा ४ अर्ब २२ करोड रुपैयाँ बराबरको कारोबार भएको हो। हिजो सोमबार नेप्सेमा चारअर्ब ५८ करोड रुपैयाँको कारोबार भएको थियो। जुन आजभन्दा ३६ करोड रुपैयाँले बढी हो। केही समयअघि नेप्सेमा १० अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुँदै आएपनि अहिले बिस्तारै कारोबार रकम खुम्चिँदै गएको छ।

बढ्यो कारोबार रकम

काठमाडौं। आज साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबार रकम बढेको छ। हिजो बुधबार ५ अर्ब ८३ करोडको कारोबार भएको नेप्सेमा आज ६ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको हो। पछिल्लो समय कारोबार रकम निरन्तर ओरालो लाग्ने क्रममा हिजो ६ अर्ब रुपैयाँबाट घटेपनि आज फेरि सुधारिएको नेप्सेले बताएको छ।

चन्द्रागिरीको सेयर कारोबार खुल्यो, कति  प्रतिकित्ता कतिमा भयो कारोबार ?

चन्द्रागिरी हिल्स लिमिटेडको सेयर कारोबार आइतबारबाट खुला भएको छ । चन्द्रागिरीको पहिलो कारोबार प्रतिकित्ता १ सय ६१ रुपैयाँमा भएको छ । चन्द्रागिरीको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ९६ रुपैयाँ ६९ पैसादेखि अधिकतम २९० रुपैयाँ ७ पैसासम्म रेन्ज तोकेको थियो ।सोही रेन्जभित्र रहेर चन्द्रागिरीको पहिलो कारोबार भएको हो । ‘सीजीएच’ संकेतमा यसको कारोबार भएको छ । गत शुक्रबार चन्द्रागिरीको  १ करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता सेयर नेप्सेमा सूचीकरण भएको थियो ।