कात्तिकमा सोनापुर मिनरल्सको सर्वाधिक रकमको कारोबार

काठमाडौं । कात्तिक महिनामा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमवार सार्वजनिक गरेको मासिक तथ्याङ्कको आधारमा यस कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको देखिएको हो । नेप्सेका अनुसार कात्तिकमा सोनापुर मिनरल्सको ४७ करोड ९६ लाख रुपैयाँभन्दा बढीको १९ लाख ३३ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो । प्रिमियम मूल्यसहित सर्वसाधारणमा आईपीओ जारी गरी कात्तिक २ गते कम्पनीले धितोपत्र दोस्रो बजारमा ३ करोड ७ लाख ५० हजार ५०० कित्ता शेयर सूचीकृत गरेको थियो । दशैंको बिदाका कारण सूचीकृत भएको ९ दिनपछि अर्थात् कात्तिक १२ गतेदेखि कम्पनीको शेयर कारोबार शुरु भएको थियो । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयर कारोबार प्रतिकित्ता ३५० मा खुला भएको थियो । कम्पनीले उद्योग प्रभावित स्थानीयमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १२५ रुपैयाँ थप गरी प्रतिकित्ता २२५ रुपैयाँ र सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँमा प्रिमियमबापत १३७ रुपैयाँ ५८ पैसा थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ विक्री गरेको थियो । कारोबारका शुरुआती दिनमा कम्पनीको शेयर मूल्यमा निरन्तर नकारात्मक सर्किट लागेर आईपीओ खरीदकर्ताहरू नै घाटामा पुगेका थिए । पछिल्लो समय भने कम्पनीको शेयर मूल्य ३०० रूपैयाँ ३० पैसा रहेको छ ।  मूल्य बढेको अवस्थामा पछिल्ला कारोबार दिन पनि कम्पनीको शेयर कारोबार सर्वाधिक स्थानमै भइरहेको छ । सोमवार पनि १ अर्ब १९ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा सोनापुर मिनरल्सको सर्वाधिक ७ करोड ४६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । कात्तिकमा सर्वाधिक रकमको शेयर कारोबार हुने १० कम्पनीभित्र सोनापुर मिनरल्ससँगै सोल्टी होटल, हाथवे इन्भेष्टमेण्ट, सानिमा जिआईसी इन्स्योरेन्स, नबिल बैंक, सिटिजन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, एनआईसी एशिया बैंक, हिमालयन बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स छ । हिमालयन बैंकको भने संस्थापक तर्फको १७ करोड ९८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो ।  सर्वाधिक दोस्रोमा भने यो महिना सोल्टी होटलको शेयर कारोबार भएको छ । सोल्टी होटलको २७ करोड १७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । त्यस्तै हाथवे इन्भेष्टमेण्टको २६ करोड ९८ लाख रुपैयाँभन्दा बढी, सानिमा जिआईसी इन्स्योरेन्सको २६ करोड ६० लाख रुपैयाँभन्दा बढी, नबिल बैैंकको २४ करोड १९ लाख रुपैयाँभन्दा बढी, सिटिजन लाइफ इन्स्योरेन्सको २० करोड रुपैयाँभन्दा बढी, शिवम् सिमेन्टको १९ करोड ६० लाख रुपैयाँभन्दा बढी, एनआईसी एशिया बैंकको १८ करोड ३४ लाख रुपैयाँभन्दा बढी र रिलायबल नेपाल लाइफको १७ करोड ६० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको नेप्सेको तथ्याङ्कले पुष्टि गरेको छ । कात्तिक महीनामा दशै र तिहारको बिदा परेकाले जम्मा १२ कारोबार दिन मात्र धितोपत्र दोस्रो बजार खुला भएको थियो । १२ कारोबार दिनमा कात्तिक महीनामा धितोपत्र दोस्रो बजारमा १० अर्ब २१ करोड ७३ लाख रुपैयाँभन्दा बढीको ३ करोड ९८ लाख ८२ हजारभन्दा बढी धितोपत्र कारोबार भएको जानकारी नेप्सेले दिएको छ । कात्तिकमा सर्वाधिक रकमको कारोबार भएका १० कम्पनी स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  

सम्बन्धित सामग्री

आज यी कम्पनीको कारोबार सर्वाधिक

काठमाडौं, २९ फागुन । नेप्से परिसुचक १ सय अंकले बढ्दा ४ अर्ब बढीको कारोबार भएको छ। आज सबैभन्दा धेरै शिवस कम्पनीको कारोबार धेरै भएको छ । आज कम्पनीको ३४ करोड बढीको कारोबार भएको हो । त्यस्तै, अपि पावर कम्पनीको ३० करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेको अनुसार आज कम्पनीको ५१० रुपैयाँ […]

आज यी कम्पनीको कारोबार सर्वाधिक

काठमाडौं, १२ फागुन । नेप्सेमा आज ५८ अंकको पहिरो जाँदा केही कम्पनीका कारोबार भने सर्वाधिक भएको छ । आज सबैभन्दा धेरै हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयरमुल्य बृद्धि भएको हो । आज कम्पनीका लगानकिर्ताले ९ दशमलव ९१ प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीले १ प्रतिशतका दरले कमाएका छन्। नेप्सेको अनुसार एनआइबिएल […]

अपि पावरसहित आज यी कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं, २७ पुस । शेयर बजारमा आज अपि पावर कम्पनीको शेयर कारोबार सर्वाधिक भएको छ । कम्पनीको आज १६ करोड ८३ लाख रुपैयाँको शयर कारोबार भएको हो । कम्पनीको शेयर मुल्य मंगलबार ५ सय १० रुपैयाँ कायम भएको छ । नेप्सेको अनुसार आज शेयर मुल्य ८९४ रुपैयाँ कायम भई गोर्खाज फाइनान्स कम्पनीको १६ करोड २६ […]

दोहोरो अंकले नेप्से बढ्दा १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २ सय ७१ रूपैयाँको कारोबार भएको छ । सोमबार सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको एक दिनमा मात्र १७ करोड १५ लाख ९३ हजार १ सय २८ रूपैयाँको कारोबार भएको थियो । त्यस्तै, नेसनल हाइड्रो पावरको […] The post दोहोरो अंकले नेप्से बढ्दा १० कम्पनीको सर्वाधिक कारोबार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी

काठमाडौं, १९ मंसिर । नेप्सेमा आज ४ अर्ब ९ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेमा उच्च अंकको गिरावट आएपनि केही कम्पनीको भने कारोबार उच्च भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको आज २८ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको हो । त्यस्तै, […]

आज यी कम्पनीको कारोबार सर्वाधिक

काठमाडौं, २५ भदौ । नेप्से आज ७१ अंकले बढ्दा ९ अर्ब बढीको कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार नेप्सेले जनाएको छ । कम्पनीको आज ७३ करोड ७७ लाख बढीको कारोबार भएको छ । त्यस्तै, यूनाइटेड मोदी हाइड्रोपावरको आज ४५ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ । यसैगरी, […]

आज अरुण हाइड्रोसहित यी कम्पनीको कारोबार सर्वाधिक

काठमाडौं, २१ भदौ । शेयरबजार आज उच्च अंकले बढ्दा सबैभन्दा धेरै अरुण हाइड्रोपावर कम्पनीको कारोबार सर्वाधिक भएको छ । कम्पनीको आज ४६ करोड ३० लाख बढीको कारोबार भएको हो । त्यस्तै, हिमालयन डिस्टीलरीको २६ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको २४ करोड ९२ लाख बढीको शेयर कारोबार भएको छ । […]

आज यी कम्पनीको कारोबार सर्वाधिक

काठमाडौं, २९ असार । शेयर बजार आज ० दशमलव ५७ प्रतिशतले बढ्दा ५ अर्ब बढीको कारोबार भएको छ । सबैभन्दा धेरै आज नेपाल बंगलादेश बैंकको शेयर कारोबार भएको छ । नेप्सेको अनुसार बैंकको आज प्रतिकित्ता ४३९ रुपैयाँले शेयरमुल्य बढेर ४५ करोड ४७ लाख बढीको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको प्रतिकित्ता १९ सय […]

एचआईडिसिएल सहित आज यी कम्पनीको कारोबार सर्वाधिक

काठमाडौं, २७ जेठ । आज ०.६ प्रतिशतले नेप्से घट्दा शेयर कारोबार १६ अर्ब बढीको भएको छ । साताको कारोबारको अन्तिम दिन आज नेप्सेमा सबैभन्दा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल)को कारोबार सर्वाधिक भएको छ । कम्पनीको ५८५ रुपैयाँ प्रतिकित्ता शेयरमुल्य कायम भई ९३ करोड ९२ लाख बढीको आज कारोबार भएको हो । त्यस्तै, नेपाल पुनर्बीमा […]

सेयर बजारमा इतिहासकै सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा मंगलबार इतिहासकै  सर्वाधिक कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जले मंगलबार ११ अर्ब ३५ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको जनाएको छ । यो अहिलेसम्मकै उच्च रकम हो । नेप्से परिसूचक ३४.६८ अंकले बढेर २७९३.८९ बिन्दुमा अडिएको छ । नेप्से १.२६ प्रतिशतले बढेको हो । उत्पादन तथा प्रशोधन बाहेक सबै समूहमा उछाल आएको छ । सबैभन्दा बढी जीवन बिमा कम्पनी २०४.१४ अंकले बढेको छ । आज १० वटा कम्पनीको  सेयर मूल्य १० प्रतिशतले अर्थात सर्किट लेभलमा बढेको छ । नेप्से सूचक र ख