ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबुछोरा सोमबार घर आइपुगेका छन् । हिउँ कम भएसँगै उनीहरु गाउँ फर्किएका हुन्। ५० वर्षीय लाक्पा टासी शेर्पा र उनका १५ वर्षीय छोरा पासाङ गत बुधबारदेखि हिउँमा फसेको थिए । चौंरी गोठ सार्ने क्रममा हिउँ पहिरो आएसँगै उनीहरु ओडार बसेका थिए । उद्धारका लागि गत शनिबार र […]