चुनावी मुद्दा बनेन शिक्षा : असम्भव वाचा दोहोर्याउँदै दलहरू
शिक्षा मामिलामा दलहरू इमानदार देखिएनन् । घोषणापत्रमा असम्भव वाचाको थुप्रो छ । 'एक विद्यालय एक दलित शिक्षक', 'विश्वविद्यालय राजनीतिक हस्तक्षेप मुक्त बनाउने' र 'सबैका लागि गुणस्तरीय शिक्षा' यसका केही उदाहरण हुन् ।
सङ्घीय सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शिक्षा, स्वास्थ्य र रोजगारीको समुचित व्यवस्थापन हुन नसक्दा मुलुकको विकास सम्भव नहुने कुरामा जोड दिनुभएको छ । मधेसी स्वास्थ्यकर्मीको फोरम नेपाल कलैया एकाई समितिको आयोजना एवं मधेस प्रदेश समितिको सहकार्य एवं अस्पताल विकास समितिको सहयोगमा आयोजना गरिएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रोग, भोकको अभाव सँगै …
बारा । सङ्घीय सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शिक्षा, स्वास्थ्य र रोजगारीको समुचित व्यवस्थापन हुन नसक्दा मुलुकको विकास सम्भव नहुने कुरामा जोड दिएका छन् । मधेसी स्वास्थ्यकर्मीको फोरम नेपाल कलैया एकाई समितिको आयोजना एवं मधेस प्रदेश समितिको सहकार्य एवं अस्पताल विकास समितिको सहयोगमा आयोजना गरिएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोग, भोकको […]
धुलिखेल, २९ पुस । बनेपा नगरपालिकाले बजेट निर्माण गर्दा शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदमा प्राथमिकता दिएको छ । नगर प्रमुख शान्तिरत्न शाक्यले आज बनेपा नगरपालिकाको १३औँ हिउँदे नगर अधिवेशन शुभारम्भका क्रममा सोबारे जानकारी दिँदै शिक्षाबिना कुनैपनि कुराको विकास असम्भव भएकाले शिक्षालाई बजेटमा पहिलो प्राथमिकता दिएको बताए । सङ्घीयतापछि नगरको चौँथो हिउँदे अधिवेशन भएको र यो […]
देशलाई उद्यम चाहिन्छ भन्छौ, सियोदेखि जहाजसम्म विदेशबाट ल्याउँछौं । जुत्तादेखि टोपीसम्म विदेशी नै रुचाउँछौ । तापनि उद्यमशीलताको रटान दिन्छौं । पाठ्यक्रममा उद्यमशीलताको विकासको विषय समावेश गरेर पढाउँछौं ।
उद्यमशीलताको अवधारणाको जन्मदाता जोसेफ सुम्पिटरको भनाइ अनुसार बजारमा भएका वस्तु वा सेवामा रचनात्मक उथलपुथल ल्याउने कार्य हुन्छ, जसको परिणाम नयाँ वस्तु तथा सेवा बजारमा आउँछ । त्यसो त ज्याक्मा मानिसको शिकायतमा व्यवसाय शुरू गर भन्छन् ।
नयाँ पुस्ताका विद्यार्थीलाई कक्षाकोठाबाट बाहिर लैजान शिक्षक र विद्यालयले अल्छी गर्छन् । अर्कोतर्फ विद्यार्थीहरूलाई काल्पनिक व्यावसायिक योजना अर्थात् बिजनेश प्लान बनाउन लगाउँछौं । साथै, नेपालमा व्यावसायिक वातावरण भन्ने विषय पनि पढाउँछौं ।
चेसमा अरूले खेलेको बोर्डमा गेम जित्न सकिँदैन । उद्यमशीलतामा सफलताका लागि हरेक मानिसको आआफ्नै तौरतरीका, परिस्थिति बुझाइ अनुभव ज्ञान सोच हुन्छ । यो गणित जस्तो सूत्रमा चल्दैैन ।
यस विषयमा हामी उद्योग वाणिज्य महासंघसँग सहकार्य गर्दैनौँ, केवल किताबी ज्ञान र सैद्धान्तिक घोडाबाट विद्यार्थीहरूलाई दुर्गम गोरेटोतर्फ डोेर्याउँछौैं । उद्यमी र कारखानावालाले आफ्नो उद्यमकला, व्यवसाय र उद्योग अरूलाई देखाउन, बुझाउन पनि कन्जुस्याइँ गर्छन् ।
ब्याज खाने, भाडा खाने र तलब खाने मान्छे कदापि उँभो लाग्दैन भनिन्छ । जागीरभन्दा पनि आफ्नो काम गरेमा सन्तानका लागि केही दिने कुरा हुन्छ । तसर्थ जागीर खानुभन्दा आफ्नो काम गर्नु ठीक हुन्छ ।
स्वदेशीलाई व्यापार र व्यवसाय गर्ने वातावरण नै छैन । खासमा समुदाय, वर्ग, जात विशेषले मात्र यो काम गर्ने भन्ने चाहिँ होइन, जसले जे सक्छ, जान्छ, ज्ञान छ त्यही गर्ने हो । यसमा अन्यथा सोच्नु हुँदैन ।
उद्यम गर्न एक लगानीकर्ताले जलविद्युत् छान्यो भने सातओटा मन्त्रालयमा फाइल नचाउनुपर्छ । जिल्ला, विभाग, शाखा, प्रशाखा, उपशाखा, प्रभाग त कुरै छाडौं तर कहिल्यै एकद्वारमा लैजान प्रयास भएन किनकि हामीलाई मान्छे निर्यात गर्ने र सामान आयात गर्ने बानी परिसकेको छ ।
दातृसंस्थाहरूले समेत दिगो विकासका लागि दाताको निर्भरताभन्दा उद्यमशीलतातर्फ जान सुझाव दिएका छन् । यसबाट सरकारलाई दिगो रूपमा आय हुने र आयोजना फलदायी हुने देखिएको छ । नेपालमा उद्यमशीलताका लागि उद्यमीहरूले विदेशी महँगो प्रविधि तथा मेशिनभन्दा नेपाली परम्परागत तथा सुधारिएको प्रविधि अपनाएमा सहज र लागत कम हुन्छ ।
व्यवसाय थालनी गर्दा पैसा र आइडियामध्ये कुन पहिला चाहिन्छ ? यी दुई विषय अहम् छन् ।
चाँदीको थालमा सुनको चम्चाले खाने सम्भ्रान्तहरूबाट उद्यमशीलताको तालीम, प्रशिक्षण, कार्यशाला, गोष्ठीमा दिइएका सूत्र, धारणा र विचारहरू शुरुआती स्तरका उद्यमीहरूलाई पक्कै काम नलाग्ला । तीन दशकभन्दा बढी ससानो काम, जागीर, पेशा गरेका आधारमा केही अनुभव र ज्ञान बाँड्नु उपयुक्त ठान्दछु ।
१. व्यवसायमा जुन अवसर देखेर लागिन्छ व्यवसाय शुरू गरेपछि त्यो कहिल्यै भोगिँदैन । जे नसोचेको हो, त्यही पहिला आउँछ र त्यही उद्यमीले भोग्नुपर्छ । उद्यमी अर्थात् साहू बन्न कम्तीमा शुरूका १ वर्षसम्म आर्थिक, व्यावसायिक, पारिवारिक, सामाजिक, मनोवैज्ञानिक गरी पाँचओटा मूल जोखिम लिएर लाग्नुपर्छ ।
२. युद्धस्तरमा समस्यासँग जुध्नुपर्छ । कम्तीमा व्यवसायको स्वरूप हेरेर साना उद्यममा ६ महीना र मझौला तथा ठूला उद्यममा १ देखि ३ वर्षसम्म ३६५ दिन नै खटिरहनुपर्छ । तसर्थ साहू बन्न साँच्चिकै गाह्रो छ ।
३. उद्यमशीलताको जरो तीतो भए पनि फल मीठो हुन्छ । उद्यमशीलताका प्रवर्तकहरू सबैले गर्ने उद्यम उद्यम होइन भन्छन् । उनीहरूको भनाइमा उद्यम नवीनतम, कसैले नगरेको, पहिलोपटक शुरू गरेको हुनुपर्छ । तर, बिल्कुल नयाँ कसैले गर्दै नगरेको काम गर्नलाई नौलो, विचार, अवधारणा, प्रस्ताव, नीति, प्रविधि हुनुपर्छ । जानिफकारको भनाइमा संसारमा मौलिक भन्ने चिज छैन । छ भने १ प्रतिशत मात्र हुन्छ । बाँकी ९९ प्रतिशत नक्कल नै हो ।
४. व्यापार र व्यवसाय गर्न पैसाभन्दा आँट, लगन, जोश, जाँगर, हिम्मत, होशियारी, जागरुकता चाहिन्छ । पैसा हुँदैमा व्यवसाय, र उद्यम हुने भए नेपालमा सबभन्दा बढी पैसा राणाजी तथा दरबारिया अनि पछिल्लो अवस्थामा राजनीति गर्ने मानिसहरूसँग छ । तर, उनीहरू व्यवसायमा आउन सकेका छैनन् किनकि उनीहरूसँग आँट र हिम्मत छैन । पैसा छ तर पनि काम गर्ने अवधारणा छैन ।
५. उद्यम, व्यवसाय, इलम गर्न पैसाभन्दा अगाडि पहल र प्रस्ताव चाहिन्छ । यसलाई बिजनेश प्रपोजल, कन्सेप्ट नोट, आइडिएशन, बिजनेश प्लान भनिन्छ ।
६. बचत, लगन, र उद्यमशीलता तीन तत्त्व एकअर्काका परिपूरक हुन् । साथै उद्यमी बन्न हामीसँग सृजनशीलता तथा नवप्रवर्तन अर्थात् इन्नोभेशन हुनुपर्छ । यसमा नौलोपना, अलग्गै प्रकृति एवं सृजना हुनुपर्छ । उदाहरणका रूपमा जोन पेम्वरटनले पानीलाई कार्बोनेट वाटर बनाएर कोक उत्पत्ति गरेको, कसैले केराका परिकारबाट बनाना कटेज बनाएको, ट्राउट माछा फार्म, अस्ट्रिच फार्म आदि मान्न सकिन्छ ।
७. बजारको अध्ययन, चयन र सम्भावना बुभ्mनुपर्छ । नेपाल विश्वका दुई महाशक्तिको बीचमा रहेकाले बजार अनन्त छ । तर, हामीले बुभ्mन सकेका छैनौं । बन्दरगाह, विद्युत्, बौद्धिक तथा वैज्ञानिक जनशक्तिको अभावमा उद्यम, व्यवसाय र उद्योग सम्भव छैन । गर्न सक्ने, बेच्न सक्ने भनेको एउटा पानी, अर्को प्रकृति र हिमाली जडीबुटी पनि हो ।
८. उद्यम व्यवसायका लागि नेटवर्क, सृजनशीलता, नवप्रवर्तन, बजार, परामर्श चाहिन्छ । राज्य तहबाट स्टार्टअप, घरेलु उद्योग, शीप, तालीम, उद्यमशीलता भने पनि खासमा कुनै प्रभावशाली, लक्ष्यभेदी काम हुन भने सकेको छैन । उद्योग मन्त्रालय, कर कार्यालय, वडा कार्यालय, वाणिज्य विभाग, घरेलु कार्यालय, कम्पनी रजिस्टार बीचमा घनीभूत समन्वयविना उद्यमशीलता असम्भव छ ।
९. उद्यमशीलताका लागि अपरिहार्य तत्त्वहरूमा आँट, सोच र लगन पर्छन् । लगानीका लागि पैसाको जोहो मात्र गरेर पुग्दैन । अवधारणा चाहिन्छ । अवधारणालाई आइडिएशन भनिन्छ ।
१०. व्यावसायिक योजना, पूँजी संकलन, श्रम व्यवस्थापन, जोखिम अनुमान, प्रतिस्पर्धाको हेक्का, बजारको सम्भावना, सरकारी ऐन नियम कानूनको प्रावधान, उपभोक्ताको स्तर, आयस्रोत आदि सोचनीय
पक्षहरू हुन् ।
११. उद्यमशीलतामा अपरिहार्य चिज लगन, मेहनत र समय हो । त्यस्तै एकाग्रता भएमा जुनसुकै उद्यम वा व्यवसाय सफल हुन्छ ।
१२. नेपालको परिस्थितिमा स्वास्थ्य, शिक्षा र यातायात, सूचनाप्रविधिमा प्रचुर सम्भावना छ ।
कम्पनी रजिस्टार कार्यालयमा उद्योगी तथा व्यवसायीले उद्योग व्यवसाय दर्ता गर्न जाँदा कुनकुन व्यवसायमा, कहाँकहाँ सिन्डिकेट छ, कम्पनी रजिस्टारमा दर्ता गरेपछि कहाँकहाँ, कुनकुन बिन्दुमा, कुनकुन अड्डाले व्यवसाय गर्न तगारो हाल्छ, दुःख दिन्छ, थप स्वीकृति लिनुपर्छ अथ्र्याउन, बुझाउनुपर्छ ।
सरकारले स्नातक गरेका कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, कोशी प्रदेशका गाउँपालिकाका युवाहरूलाई निःसर्त विनाधितो ऋण दिनुपर्छ । यो ऋण नवप्रवर्तनात्मक उद्योग व्यवसायमा लगाएमा केही आशा गर्न सकिन्छ । यसका लागि बैंकलाई जिम्मा दिनुपर्छ । अनुगमन गाउँपालिकाले गर्नुपर्छ ।
यसो गर्दा बैंकप्रति विश्वास पनि बढ्छ, काम गर्न सहज हुन्छ र बैंकलाई पनि काम पुग्छ । यसरी स्नातक युवालाई उद्यमशीलताको ऋण दिँदा उनीहरूलाई बोन्ड शर्तनामा गराउनुपर्छ ।
विदेश जान नपाउने, कार्य क्षेत्रमा निरन्तर रहनपर्ने, तोकिएको क्षेत्रबाहेक अन्यत्र लगानी गर्न नपाउने, जागीर गर्न नपाउने, करमा दर्ता गर्न नपर्ने, गाउँपालिकामा दर्ता गर्ने, सकेसम्म पेशा इलम गर्न आफ्नो जग्गा भएको हुनुपर्ने, कृषि, वन पैदावर, उमेर हद अविवाहित तथा २०–२५ वर्ष राख्नुपर्छ । साथै स्थानीय साधनस्रोतलाई उच्च प्राथमिकतामा राख्नुपर्छ । लेखक नेपाल विज्ञापन संघका कार्यकारी निर्देशक हुन् ।
जनकपुर : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा राजनीतिक स्थिरताबिना आर्थिक विकास सम्भव नभएको बताएका छन्।समाजवादी युवा सङ्घको जनकपुरधाममा आजदेखि सुरु भएको राष्ट्रिय युवा भेलाको उद्घाटन गर्दै अध्यक्ष यादवले मुलुक समृद्ध बनाउनका लागि आर्थिक विकासमा जोड दिनुपर्ने बताए।युवालाई गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता राज्यले गर्न सके मुलुकमा छिट्टै विकास र समृद्धि कायम हुने उनको भनाइ थियो। 'युवालाई सही ढङ्गबाट परिचालन गर्न नसकेकै कारण मुलुक पछाडि परेको हो', अध
२९ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९र८० को बजेटमा स्वास्थ्य शिक्षामा वर्षको दुई पटक विद्यार्थी भर्ना गर्ने भनी गरेको घोषणा हचुवा रहेको यस क्षेत्रका जानकारहरुले बताएका छन् । नेपाली विद्यार्थीलाई मेडिकल शिक्षा अध्ययनका लागि विदेशिन रोक्ने र विदेशी मुद्रा वचत गर्ने भन्दै अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमा यो कार्यक्रम समावेश गरेका थिए । चिकित्सा […]
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवम् माओवादी नेता देवेन्द्र पौडेलले सहिदहरु परिवर्तनकारी आन्दोलनको इतिहास भएको बताएका छन् । शनिबारबाट सुरु भएको नेकपा माओवादीको सहित सप्ताह कार्यक्रम अन्तर्गत काठमाडौंको गोकर्णेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले देशमा भएका विभिन्न आन्दोलनमा सहिदहरुले जीवन समर्पण नगरेको भए गणतन्त्र सम्भव नभएको बताए ।उनले जनयुद्धले स्थापित गरेका मुद्दाहरु कार्यान्वयनका लागि निरन्तर लडिरहने समेत बताए । अल्पसंख्यक, उत्पीडित र जातिय विभेद अन्त्
पास हुनको लागि केके मात्र गर्दैनन् विद्यार्थीहरु। धनीमनीहरु फेकल्टी लाई महँगा गिफ्ट दिन्छन्। बिद्यार्थीहरु घरायसी कामसम्म गर्छन्। कोहि कोहि फेकल्टीहरु विदेशी विद्यार्थीबाट पैसा सम्म लिन्छन्। नेपालमा मेडिकल स्कुलमा फेल भएको ब्यक्तिले अमेरिकाको मेडिकल लाइसेन्स को परीक्षामा अल्मस्ट टप गर्छ यो असम्भव हुनुपर्ने हो तर सत्य हो र दुःखद पनि।
कोरोना भाइरसको दोस्रो भेरियन्टको कारण बढ्दो संक्रमण दर रोक्न जारी निषेधाज्ञाले पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाले सूचना प्रकाशन गरेर क महामारीका कारण भौतिक रुपमा परीक्षा सञ्चालन गर्न असम्भव भएकाले यस पूर्व सञ्चालन भएका त्रैमासिक, अर्धवार्षिक परीक्षा एवं आन्तरिक मूल्यांकनका आधारमा मूल्यांकन गरी नतिजा प्रकाशन गर्न निर्देशन गरेको छ ।पोखराका अधिकांश निजी विद्यालयले निषेधाज्ञा जारी अगावै वार्षिक परीक्षा सञ्चालन गरिसकेको तथा क
‘आयोगले सिफारिस नगरी सिधै विश्वविद्यालयबाट सम्बन्धन दिन सकिने कानुनी व्यवस्था छैन,’ विश्वविद्यालयका एक अधिकारीले भने, ‘मन्त्रीज्यूको निर्देशन आयो र निर्णय गराइयो। तर, प्रक्रिया सुरू हुन त चिकित्सा शिक्षा आयोगको निर्णय चाहिन्छ।’