काठमाडौं (अस) । ग्लोबल आईएमई बैंकले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा शाखारहित बैंकिङ सेवा शुरू गरेको छ । बैंकले नगरपालिकाको वडा नं १४, बुइपामा शाखारहित बैंकिङ सेवा शुरू गरेको हो । यससँगै बैंकका शाखारहित बैंकिङ सेवा संख्या २७५ पुगेको छ । शाखारहित बैंकिङबाट ग्रामीण क्षेत्रका स्थानीयले बैंकिङ सेवा लिँदै आएका छन् । बैंकका अनुसार शाखारहित सेवाबाट ग्राहकले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने लगायत सुविधा पाउन सक्नेछन् । त्यस्तै कर्जाको ब्याज भुक्तानी गर्ने, डिसहोम/सीडीएमए लगायतको महशुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायत सेवा समेत उपलब्ध हुने बैंकले बताएको छ । हाल बैंकले २८८ शाखा, २७५ शाखारहित बैंकिङ सेवा (नयाँ सहित), २५६ एटीएम, ५१ एक्सटेन्सन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।