इन्धनको मूल्यवृद्धि सँगै बढ्यो हवाई भाडा, काठमाडौं-धनगढी १५ हजार ६६५, सस्तो रुटमै ४ हजार नाघ्यो

जेठ १०, काठमाडौं ।नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै हवाई भाडा बढेको छ । नेपाल वायु सेवा सञ्चालक संघले बुधवारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ । नयाँ भाडादरमा ९० देखि  ४४५ रुपैयाँसम्म वृद्धि भएको छ ।             सबैभन्दा लामो दूरीका रुपमा रहेको काठमाडौं–धनगढीको भाडा ४४५ रुपैयाँ बढेको छ । वृद्धि भएको भाडादर अनुसार काठमाडौं–सिमराको भाडा ३ हजार ७२५  रुपैयाँ कायम भएको छ भने काठमाडौं –धनगढी रु १५ हजार ६६५ कायम भएको छ । काठमाडौं–भद्रपुर ११ हजार ९३५  रुपैयाँ , काठमाडौं–विराटनगर ९ हजार ३२५  रुपैयाँ  काठमाडौं–जनकपुर ५ हजार २५०  रुपैयाँ, काठमाडौं–भरतपुर ४ हजार ४३५  रुपैयाँ  र काठमाडौं–पोखरा ६ हजार ३०५ रुपैयाँ कायम भएको छ । काठमाडौं–भैरहवा ७ हजार ८८० रुपैयाँ, काठमाडौं–नेपालगञ्ज १२ हजार ८९५  रुपैयाँ  र काठमाडौं–तुम्लिङटार ७ हजार ४६०  रुपैयाँ  कायम भएको छ ।            माउन्टेन फ्लाइटको भाडादर १३ हजार ७६५  रुपैयाँ कायम भएको संघले बताएको छ । नेपाल आयल निगमले आइतवार हवाई इन्धनको मूल्यमा प्रतिलिटर १०  रुपैयाँ वृद्धि गरेको थियो । अहिले हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १६६  रुपैयाँ  छ । 

सम्बन्धित सामग्री

हवाई भाडा प्रतियात्रु आठ सय ४० रुपैयाँसम्म बढ्यो

नेपाल आयल निगम (एओसी)ले हवाई इन्धनको मूल्यवृद्धि गरेपछि हवाई भाडा पनि बढेको छ । नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि लागू हुने गरी आन्तरिक उडानको हवाई भाडा प्रतियात्रु आठ सय ४० रुपैयाँसम्म...

इन्धनको मूल्य बढेसंगै हवाई भाडा बढ्यो

नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै हवाई भाडा बढेको छ । नेपाल वायु सेवा सञ्चालक सङ्घले बुधबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ । सबैभन्दा लामो दूरीका रुपमा रहेको काठमाडौँ–धनगढीको भाडा चार सय ४५ रूपैयाँले बढेर १५ हजार ६ सय ६५ रूपैयाँ कायम भएको छ। वृद्धि भएको भाडादर अनुसार काठमाडौँ–सिमराको भाडा …

आन्तरिकतर्फको हवाई भाडा बढ्यो, कुन रुटमा कति वृद्धि?

काठमाडौं–नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै हवाई भाडा पनि बढेको छ। नेपाल वायु सेवा सञ्चालक सङ्घले बुधबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ। नयाँ भाडादरमा रु ९० देखि रु ४४५ सम्म वृद्धि भएको छ। सबैभन्दा लामो दूरीका रुपमा रहेको काठमाडौँ–धनगढीको भाडा ४४५ रुपैयाँ बढेको छ। वृद्धि भएको भाडादर अनुसार काठमाडौँ–सिमराको भाडा […]

हवाई भाडा बढ्यो

काठमाडौं (नेस) । वायुसेवा सञ्चालकहरूले भाडा बढाएका छन् । सरकारले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालहरूले आन्तरिक उडानको भाडा वृद्धि गरेका हुन् । परिमार्जित फ्युल ‘सरचार्ज’ अनुसार वायु सेवा सञ्चालकहरूले सबैभन्दा बढी काठमाडौं–धनगढी रुटमा २२० रुपियाँ बढाएका छन् । तर, काठमाडौंबाट हुने पर्वतीय उडानको इन्धनमा लाग्ने शूल्क भने १७० रुपियाँ बढेको छ । यसै गरी […]

२२० रुपैयाँसम्म बढ्यो हवाई भाडा (सूचीसहित)

२८ कात्तिक, काठमाडौं । सरकारले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालकले हवाई टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाएका छन् । हवाई इन्धनमा सरकारले आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर १०१ रुपैयाँ पुर्‍याएको छ । अब सोही अनुसार यात्रुले हवाई यात्राका क्रममा अधिकतम २२० रुपैयाँसम्म बढी मूल्य तिर्नुपर्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट समेत परिमार्जित मूल्यलाई […]

पेट्रोलियमको मूल्य बढेसँगै हवाई भाडा वृद्धि

हवाई इन्धनको मूल्यवृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य बढेअनुसार भाडा वृद्धि गरिएको जनाएको संघले अधिकतम ९० रुपैयाँदेखि न्यूनतम ५ रुपैयाँ हवाई भाडा वृद्धि गरेको हो ।बिहीबार संघले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयाल निगमले मंगलबारदेखि हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाउने मूल्य समायोजन निर्णय भएको जनाएको छ […]

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको असर बजारमा

इन्धनको भाउसँगै बजारका सबै उपभोग्य वस्तुको भाउ बढ्नाले नागरिकका लागि सरकार गम्भीर नरहेको स्पष्ट देखिन्छ । पेट्रोलियम पदार्थमा बढेको भाउको असर बजारमा देखिन थालेको छ । यसै साता नेपालका वायु सेवा सञ्चालकहरूले हवाई इन्धनको मूल्यवृद्धि भएको भन्दै हवाई भाडा वृद्धि गरेका छन् । वायुसेवा सञ्चालक संघले विभिन्न गन्तव्यका लागि न्यूनतम १० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म […]

हवाई भाडा बढ्यो

हवाई इन्धनको मूल्यवृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा वृद्धि गरेको छ । संघले विभिन्न गन्तव्यका लागि न्यूनतम १० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म भाडा बढाएको हो । निगमले एक सातामै दोस्रोपटक इन्धनको मूल्य बढाएको थियो । सोहीअनुसार फ्यूल सरचार्ज वृद्धि गरिएको जनाइएको छ । संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले बिहीबारदेखि हवाई […]

दुई रुपैयाँ इन्धनको मूल्य बढ्दा ९० रुपैयाँसम्म हवाई भाडा बढ्यो

इन्धनको मूल्य बढेपछि वायु सेवा सञ्चालक संघ (आयोन)ले हवाई भाडा बढाएको छ । हवाई इन्धनको मूल्यवृद्धि भएसँगै संघले भाडा वृद्धि गरेको हो