काठमाडौं : नेपाल आयल निगमले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालक संघले हवाई इन्धन सरचार्ज समायोजन गरेको छ। आयल निगमले केही दिनअगाडि हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै आन्तरिकतर्फको उडानमा अधिकतम ४४५ रुपैयाँ सरचार्ज वृद्धि भएको छ।
निगमले हवाई इन्धनको मूल्य एक सय ३६ रुपैयाँ निर्धारण गरेपछि भाडादार समायोजन गर्न बाध्य भएको वायुसेवा कम्पनीले जनाएका छन्।…