ठूलो हुँदै गएपछि कुनै किताबले उसलाई साथीहरुले भनेझैँ किताब भित्र राख्दा मयुरको प्वाँखले बच्चा पाउँछ भनेर सिकाएन। तर, जिन्दगीले सिकायो, बच्चा पाउन नसक्दा जीवनसाथीले मयुरले आफ्नो प्वाँख त्यागे झैँ त्यागिदिन सक्ने रहेछन् भनेर।
अक्सर बच्चा जन्मिंदा सुरुमा टाउको र त्यसपछि खुट्टा बाहिर निस्कने गर्छ । त्यसैले गर्भमा पनि टाउकोमुनि रहेर बसेको हुनुपर्छ । यस स्थितिलाई बच्चा सुल्टो रहेको भन्ने गरिन्छ । तर, त्यसविपरीत बच्चाको टाउको माथि छ र खुट्टा तलतिर छ भने यसलाई ‘बच्चा उल्टो बसेको’ भन्ने गरिन्छ । यस्तो अवस्थामा के हुन्छ भन्ने जिज्ञासा उठ्नु स्वभाविक हो […]
मान्छेले जस्तै पशुपक्षीले पनि आफ्ना बच्चालाई खुब माया गर्छन् । ठूलाठूला समूहमा पनि तिनले आफ्ना बच्चालाई चिन्छन् । आखिर पशुपक्षीले आफ्ना बच्चालाई कसरी चिन्छन् त ? पशुपक्षीले आफ्ना बच्चा चिन्न विभिन्न विधि अपनाउँछन् । कुनै जनावरले बच्चा जन्मनासाथ राम्ररी चाटेर सफा गर्ने गर्छन् । त्यही बेलाको विशेष रासायनिक पदार्थको आधारमा तिनले पछिसम्म पनि आफ्नो बच्चा […]
धनगढी – बाजुरामा एक महिलाले बाटोमै बच्चा जन्माएकी छन्। खप्तड छेडेदह गाउँपालिका १ काँडाकी ३२ वर्षीया उज्जली सुनारले बाटोमै बच्चा जन्माएकी हुन्। सुत्केरी व्यथा लागेपछि अछामको बयलपाटा अस्पतालमा पुगेकी उज्जलीलाई स्वास्थ्यकर्मीले घर पठाएका थिए। अस्पतालमा चिकित्सकले चेकअप गर्दा बच्चा पाउने अवधि १४ दिन नाघिसकेको र तत्काल अप्रेसन गरेर सुत्केरी गराउनुपर्ने अवस्था रहेको बताएका थिए। आफन्तले […]
२० भदौ, काठमाडौं । अमेरिकाकी एक महिलाले हालसम्म १६ वटा बच्चा जन्माइसकेकी छिन् । उनी पुनः सत्रौँ बच्चाकी आमा बन्नेवाला छिन् । उनको गर्भमा अहिले १३ हप्ताको बच्चा छ । आफ्नो जीवनकालमा २० वटा बच्चा जन्माउने उनको इच्छा छ । अमेरिकाको नर्थ क्यारोलिनामा बस्ने ४० वर्षकी पेटी हर्नान्डिज पछिल्लो १४ वर्षदेखि लगातार गर्भवती बन्दै आएकी […]
काठमाडौं । सामान्यतः कुनै पनि महिलाले एक पटकमा एउटा बच्चा जन्माउने गर्छन् । बेलाबखत भने गर्भमा जुम्ल्याहा बच्चा रहन्छ । जुम्ल्याहा मात्र होइन, तीन, चार वा पाँच जनासम्म बच्चा एकसाथ गर्भमा रहने उदाहरण पनि प्रशस्त पाइन्छ । केही वर्षअघि थापाथलीस्थित प्रसूति गृहमा एक महिलाले एकैपटक पाँच सन्तानलाई जन्म दिएकी थिइन् । यसरी आमाको गर्भमा कसरी […]
चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा गोहीका ४९६ बच्चा कोरलिएका छन् । नारायणी र राप्ती नदी किनारमा सङ्कलन गरिएका ५६३ अण्डाबाट ती बच्चा कोरलिएका हुन् । गत वैशाख १० देखि १३ गतेसम्म ती दुई नदीबाट अण्डा सङ्कलन गरिएको थियो । निकुञ्जभित्र रहेको गोही प्रजनन केन्द्र हेर्दै आएका सरोजमणि पौडेलका अनुसार राप्तीका १० गुड र नारायणीका छ गुडबाट अण्डा सङ्कलन गरिएको हो ।असारको पहिलो साताबाट बच्चा कोरलिन थालेका हुन । सङ्कलन भएका अण्डामध्ये २० वटालाई इन्कुभेटरमा राखिएकामा १४ बच्चा निस्किएका
आम रुपमा मानवजातिमा महिलाले एउटा बच्चा जन्माउँछन् । कसै कसैले जुम्ल्याहा बच्चा जन्माउने भएता पनि ३ र सो भन्दा धेरै बच्चा जन्माउने महिलाको संख्या निकै कम हुन्छ । विश्वमा अहिलेसम्म एकै पटकमा सबैभन्दा धेरै बच्चा जन्माउने महिलाको रुपमा अमेरिकाकी नादया सुलेमान छिन्, जसले सन् २००९ मा एकै गर्भबाट ८ वटा बच्चा जन्माएकी थिइन् । यसको […]
फुटवलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो र उनका जोडी जर्जिना रोडरीगेजले जुम्ल्याहा बच्चा जन्माउने भएका छन् । उनीहरुले आफ्ना जुम्ल्याहा बच्चा जन्मिन लागेको सामाजिक सञ्जालमार्फत घोषणा गरेका हुन् । ती जुम्ल्याहा बच्चा रोनाल्डोका रोडरीगेजसँगका दोश्रो र तेश्रो बच्चा हुनेछन् । तर रोनाल्डोका उनीहरु जम्माजम्मी पाँचौं र छैठौं बच्चा हुनेछन् । पहिलेका दुईमहिलासँग रोनाल्डोका तीनवटा छोराछोरीहरु छन् । […]
पछिल्लो समय आम महिलाहरुले बच्चा जन्माउँदा अप्रेसन गर्नु पर्ने समस्या बढ्दै गइरहेको छ । बच्चा जन्माउदा गरिने सीजरियन सेक्सन डेलिभरी अर्थात अप्रेसन गरेर बच्चा जन्माउनेलाई लिएर समाजमा थुप्रै भ्रमहरु सुन्न सकिन्छ ।
तपाइँको आफन्त वा परिवारमा पनि जुम्ल्याहा बच्चा छन् होला ? तर के कारण जन्मिन्छन जुम्ल्याहा बच्चा भन्ने तपाइँलाई जानकारी छ ? गर्भावस्थामा जुम्ल्याहा बच्चा हुनुका कैयौँ कारण छन् ।
-यस्तो बच्चा जन्मनुमा ठ्याक्कै कुन कारण हो भन्ने पत्ता लागेको छैन । २५० गर्भवती महिलामध्ये एक जुम्ल्याहाको सम्भावना हुन्छ । यद्यपि सबै महिलामा यसको सम्भावना हुन्छ ।
-कुनै नश्लीय समूहमा यस्तो बच्चा जन्मनुलाई सामान्य रूपमा लिइन्छ । नाइजेरियामा जुम्ल्याहा बच्चा जन्मने दर निकै बढी छ भने जापानमा निकै कम ।
-बढी उमेरका महिलामा जुम्ल्याहा बच्चाको सम्भावना पन...