काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतले आगामी निर्वाचनपछि शेरबहादुर देउवा राष्ट्रपति बन्ने सहमति भइसकेको दाबी गरेका छन्। एमालेनिकट राष्ट्रिय युवा संघको दोस्रो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री पत्नी आरजू राणा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भइसकेको दाबी गरेका हुन्। उनले भने, ‘हामी अध्ययक्षले चुच्चे नक्सा बनाइदिनुभयो। तर, देउवा सरकारले बुच्चे बनायो। किन बन्यो थाहा