नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम आइतबार साँझ दाहाललाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम पुष्पकमल दाहाल प्रचण्डलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ,’ […]