महेन्द्रनगर । दोदा नदीको बाढीबाट पीडित लालझाडी गाउँपालिकाका स्थानीयवासीको बास विगत डेढ दशक जङ्गलमा छ । मुलुकमा व्यवस्था परिर्वतन भएर दुई पटक स्थानीय सरकारको अनुभूति पाइसकेका बाढी पीडितको पुनःस्थापना र दोदा नदी नियन्त्रणको दीर्घकालीन योजना बन्न सकेको छैन । केही दिनअघि प्रतिनिधिसभामा कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का सांसद तारा लामा तामाङले लालझाडीमा बाढीपीडित २०६५ […]