ग्रीन हाइड्रोजनको उत्पादन र कार्बन व्यापारबारे तत्काल कानुनी व्यवस्था गर्नुपर्ने विज्ञहरुले बताएका छन् । सुशील कोइराला मेमोरियल फाउन्डेसनको आयोजना, जेन्यून कन्सलट्यान्सको सहआयोजना र दोलखाली पत्रकार समाजको मिडिया सहकार्यमा आयोजना गरेको कार्यक्रममा विज्ञहरूले यस्तो बताएका हुन् ।