सर्वोच्चको आदेशपछि नारायणकाजीको प्रतिक्रिया- अति भएपछि खति हुन्छ

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अति भएपछि खति हुने टिप्पणी गरेका छन् ।सर्वोच्चले २० मन्त्रीलाई पदमुक्त गरिदिएपछि उनले सामाजिक सञ्जालमा भनेका छन्,‘अति भए पछि खति हुन्छ नै। सर्वोच्च अदालतको पछिल्ला फैसलाहरूले प्रम ओलीले चालेका असंवैधानिक, अलोकतान्त्रिक एवं राष्ट्रिय हित प्रतिकुल निर्णयहरुलाई बदर गरिदिएको छ।’उनले संविधान र लोकतन्त्रको धज्जी उडाइएको स्थितिलाई अदालतले एक हदसम्म रोकेको पनि बताएका छन् ।

सम्बन्धित सामग्री

ललिता निवास जग्गा प्रकरणमा सर्वोच्चको आदेश लगत्तै विदेश उडे माधव नेपाल!

सर्वोच्च अदालतले आइतवार दिएको एउटा आदेशपछि बहुचर्चित ललिता निवास जग्गा प्रकरणले नयाँ मोड लिने देखिएको छ। अदालतले मन्त्रिपरिषद्को निर्णयबारे पनि अनुसन्धान गर्न आदेश दिएपछि दुई पूर्वप्रधानमन्त्रीबारे प्रहरीले के गर्छ भन्नेमा धेरैको ...

सर्वाेच्चकाे आदेशपछि माला कर्ण र माे. रजी हैदरले लिए शपथ

जनकपुरधाम- नेकपा माओवादी केन्द्रबाट समानुपातिकमा निर्वाचित माला कर्ण र मो. रजी हैदरले पद तथा गोपनीयताको सपथ लिएका छन्। सभामुख रामचन्द्र मण्डलले दुवै जनालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। सर्वोच्च अदालतमा दुवैजना विरुद्ध मुद्दा परेपछि दुवैजनाको शपथ ग्रहण रोकिएको थियो। सर्वोच्चको आदेश आएपछि बुधबार दुवै सांसदले शपथ ग्रहण गरेका हुन्। कर्णले मैथिली र हैदरले उर्दु […]

जीएमआरलाई थप दुई वर्ष दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत परियोजनाको वित्तीय व्यवस्थापनका लागि म्याद थप गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्चको आदेशपछि भारतीय जीएमआर कम्पनीलाई वित्तीय व्यवस्थापनका लागि थप दुई वर्ष समय दिने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । नेपाल सरकार, लगानी बोर्ड र जीएमआर कम्पनीबीच २०७१ असोज ३  मा दुई वर्ष अवधिको...

शीर्ष नेता भन्छन्- निजगढ विमानस्थलसम्बन्धी सर्वोच्चको आदेश पुनरवलोकन हुनुपर्छ

काठमाडौं । सर्वोच्च अदालतले बिहीबार राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई रोक्ने आदेश दियो । आदेशपछि विकास निर्माणको कामलाई प्राथमिकतामा राख्ने कि वातावरणीय विषय भन्ने जिज्ञासा पनि उत्तिकै उठेको छ । सर्वोच्चको बृहद् पूर्ण इजलासले गरेको आदेश पुनरवलोकन हुने सम्भावना कम छ । यद्यपि, राजनीतिक नेतृत्वले विमानस्थल...

विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला रिहा भएलगत्तै पक्राउ

सर्वोच्च अदालतको आदेशपछि रिहा भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धमेन्द्र बाँस्तोला ‘कन्चन’लाई प्रहरीले फेरी पक्राउ गरेको छ । बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाई गर्दै सर्वोच्च अदालतले बिहीबार बाँस्तोलालाई छाड्न आदेश दिएको थियो । सर्वोच्चको आदेश लगत्तै छुटेका उनलाई प्रहरीले अदालत परिसरबाटै पुनः पक्राउ गरेको हो ।

डाक्टर केसीले भने– सर्वोच्चको आदेश सकारात्मक छ

प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्खास्तगी माग्दै अनसनरत डाक्टर गोविन्द केसीले अदालतको आदेशलाई सकारात्मक रुपमा लिएको बताएका छन्। अवहेलना मुद्दामा पक्राउ परेका केसी अदालतको आदेशपछि आज रिहा भएका छन्। रिहा भएपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अदालतको आदेशलाई सकारात्मक रुपमा लिएको छु, बाँकी कुरा भोलि भन्छु।' उनका सहयोगी अभिषेक शाहका अनुसार अब केसी शिक्षण अस्पतालमै अनसन बस्ने…