यस्ता छन् आजबाट खोलिएका नारायणहिटी दरबारका १० कक्ष

७ मंसिर, काठमाडौं । नारायणहिटी दरबार संग्राहलयका थप १० वटा कक्षहरु सर्वसाधाराणका लागि खुला भएका छन् । यसमा तत्कालीन रानीको श्रृङ्गार कक्षदेखि पाहुना सुत्ने कक्षहरुसम्म छन् । शुक्रबार पर्यटनमन्त्री रविन्द्र अधिकारीले नारायणहिटी दरबारका खुल्न बाँकी १० …

सम्बन्धित सामग्री

डिओलाई टक्कर दिने जुम स्कुटर आजबाट बिक्री सुरु हुँदै, यस्ता छन् भिन्नता

काठमाडौं । आजबाट नयाँ स्कुटर जुम बिक्री गर्ने सुरु हुने भएको छ । सिजी मोटर्सले हिरो ब्राण्डको जुम ११० स्कुटर आजबाट बिक्री सुरु गर्न लागेको हो । कम्पनीले यसअघि नै बिक्री हुँदै आएको तीन मोटरसाइकलका र नयाँ स्कुटर जुम ११० आजबाट बिक्री गर्ने जानकारी यसअघि नै दिएको हो । गतवर्ष भारतमा सार्वजनिक भएको जुम पहिलो […]

चुनावका उम्मेदवारले आजदेखि चुनावीसभा गर्न पाउने

काठमाडौँ – राजनीतिक दलहरूले आज (बिहीबार)देखि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने छन्। राजनीतिक दलहरूले आजबाट सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न समेत पाउने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार राजनीतिक दलले मंसिर १ गतेसम्म यस्ता कार्यक्रम गर्न पाउने छन्। निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक […]

बिहान १० बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् : १. समानुपातिकका लागि आजबाट निवेदन दिन सकिने निर्वाचन आयोगले आगामी मंसिर ४ मा […]

रिलायन्स लाइफले ल्यायो ग्यारेन्टेड रिटर्न सहितको बीमा योजना, यस्ता छन् विशेषता

रिलायन्स लाइफ इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्न सहितको बीमालेख योजना ’मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ आजबाट प्रचलनमा ल्याएको छ ।  यो बीमा योजना आजकै दिनदेखि प्रचलनमा ल्याइएको कम्पनीका प्रखुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए ।कम्पनीका अनुसार यो बीमा योजना अन्तर्गत बीमितले आफ्नो आवश्यकता अनुसार बीमाशुल्क  भुक्तानी गर्न सक्नेछन, साथै सिमित समयको लागि बीमाशुल्क भुक्तानी गरि बीमालेख अवधिभर रक्षावरण पाउन सक्नेछन । यो योजनामा अढाई गुणासम्म सुनिश्चित प्रतिफल दिने कम्पनीको दाबी छ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको पहिलो उद्देश्य ’उत्कृष्ट योजना र सेवा प्रदान गर्ने’ हो र सोहि अनुरुप ’मेरो सुनिश्चित बीमा योजना’ नेपाली जीवन बीमा बजारमा अहिले सम्मकै गुणस्तरीय र उत्कृष्ट प्रडक्ट ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए ।कम्पनीका अनुसार यो बीमा योजनामा १६ वर्ष अवधिको बीमालेखमा आधारभुत बीमाशुल्कको २ गुणा र २० वर्षको बीमालेखमा आधारभुत बीमाशुल्कको २.५ गुणा प्रतिफल ग्यारेण्टीका साथ पाइन्छ । यस बमिालेखमा अतिरिक्त सुविधाहरु लिन चाहने बीमितले अतिरिक्त शुल्क भुक्तानी गरी अतिरिक्त पुरक करार सुविधाहरु समेत लिन सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ  । बीमा योजनाको विशेषताहरुः यस योजनाको १६ वर्षको बीमालेखमा आधारभूत बीमाशुल्कको २ गुणा र २० वर्षको बीमालेखमा आधारभूत बीमाशुल्कको २.५ गुणा प्रतिफल ग्यारेन्टीका साथ पाइन्छ ।अन्य बीमा गराउँदा बीमाङ्क रकम अनुसार बीमाशुल्क तय हुन्छ भने यो बीमा योजनामा बीमितले आफ्नो इच्छा अनुरुप तय गरिएको बीमाशुल्कको आधारमा बीमाङ्क रकम कायम गर्न सकिन्छ । बीमा अवधि भन्दा कम समय बीमाशुल्क भुक्तानी गरि ढुक्क हुन सकिन्छ । बोनस कुन वर्ष कति भन्ने झन्झट लिनै पर्दैन ।मृत्यु भएमाःयदि बीमा अवधि बाँकी रहदै बीमितको मृत्यु भएमा बीमितले  इच्छाइएको व्यक्तिलाई जम्मा भुक्तानी गरेको आधारभूत बीमाशुल्कको न्युनतम २ गुणा देखी अधिकतम २.५ गुणा सम्म रकम भुक्तान गरिनेछ ।यो बीमा योजाना, १६ वर्ष देखि ४४ वर्ष उमेर सम्मको व्यक्तिले लिन सकिने छ ।यो बीमा समाप्ति उमेर ६० बर्ष हुनेछ ।यो बीमा योजनामा बीमा अवधि १६ वर्ष र २० वर्ष हुनेछ । १६ वर्ष बीमा अवधिमा जम्मा ५ वर्ष सम्म मात्र बीमा शुल्क तिरे पुग्ने र २० वर्ष अवधिमा जम्मा ७ वर्ष मात्र बीमाशुल्क तिरे पुग्ने छ ।यो बीमा योजना अन्तर्गत बीमाशुल्क भुक्तानी वार्षिक हुनेछ ।अतिरिक्त सुविधाहरुःमाथि उल्लेख गरिएको सुविधाहरुका अतिरिक्त यस बीमालेखमा न्युन थप बीमाशुल्क तिरेर अतिरिक्त पुरक करार सूविधाहरुमा दुर्घटना मृत्यु, पुर्ण स्थायी अशक्तता, बीमाशुल्क छुट, घातक रोगहरु विरुद्धको रक्षावरण सुविधाहरु पनि लिन पाइनेछ ।कर्जा सुविधाःबिमितले यस बीमा योजनामा सहभागी भएको ३ बर्ष अवधि पुरा भइ ३ वर्षको बीमाशुल्क तिरी सके पछि  सो बीमालेख धितो राखी सर्मपण मुल्यको ९० प्रतिशत सम्म ऋण लिन पनि सक्नेछन् । योग्यताःयो बीमा योजनामा सहभागी हुनको लागि न्युनतम वीमा शुल्क रु २५,००० रहेको छ   भने अधिकतम बीमा शुल्क रकम भुक्तानी क्षमतामा निर्भर रहेनछ । न्युनतम र अधिकतम बीमाङ्क रकम भने बीमाशुल्कको आधारमा तय हुनेछ ।उदाहरणको लागि यदि २५ वर्षको व्यक्तिले २० वर्षको बीमा अवधि राखि रु १ लाख रुपैंया वार्षिक बीमाशुल्क ७ वर्ष सम्म रु ७ लाख तिर्छ भने १७ लाख ५० हजार बराबरको जोखिम बहन हुनेछ । बीमा परिपक्व भएपछि आधारभूत बीमाशुल्कको अढाई गुणा सुनिश्चित प्रतिफल रु. १७ लाख ५० हजार प्रदान गरिने छ । थप न्युन बीमाशुल्क १४ हजार ८ सय ४० तिरेर अतिरिक्त पुरक करार सूविधाहरु दुर्घटना मृत्यु, पुर्ण स्थायी अशक्तता, बीमाशुल्क छुट र घातक रोगहरु विरुद्धको रक्षावरण पनि लिन पाउनेछन् ।

यामाहाको नयाँ बाइक एफ जेड एक्स १५० अब नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडौँ,११ जेठ । यामाहाको बहुप्रतिक्षित बाइक एफ जेड एक्स १५० को एमएडब्लू इन्टरप्राइजेजले आजबाट बिक्री बितरण सुरु गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित कम्पनीद्वारा वैशाख १५–२१ सम्म आयोजित “महा एक्सचेञ्ज मेला” को अवसर पारी उक्त बाइक सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार एप जेड एक्स १५० यामाहाको पहिलो ‘नियो रेट्रो’ […]

आजबाट २ रुपैयाँको नयाँ सिक्का प्रचलनमा ल्याउदै राष्ट्र बैंक, यस्ता छन् विशेषता

नेपाल राष्ट्र बैंकले आज पुस ३० गतेदेखि २ रुपैयाँ दरको नयाँ सिक्का प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकले साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको निम्न विशेषताहरू रहेको रुपैयाँ २ दरको सिक्का चलनचल्तीमा ल्याउन लागेको हो। सिक्काको अग्र भागमा सिक्काको वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरू रहेको, सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Rs. Two र तल्लो भागमा देवनागरी लिपिमा २ रुपैयाँ लेखिएको, सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको ,  नेपालको नक्साको ठिक माथिपट्टि दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन)हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुई वटा थोप्ला रहेको विशेषता रहेको छ।त्यस्तै सिक्काको पृष्ठ भागमा सिक्काको वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्ला रहेको, आठ थोप्ला सहितको वृत्ताकार चित्र रही सो भित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शङ्ख, पद्म, गदाको आकृति रहेको, सिक्काको बीच भागमा जानकी मन्दिरको आकृति रहेको र सो आकृतिको मुनि देवनागरी लिपिमा जानकी मन्दिर लेखिएको र  सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको विशेषता रहेको राष्ट्र बैंकले जनाएको छ।

आजबाट ५०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा, यस्ता छन् ११ वटा विशेषता

फाइल फोटोनेपाल राष्ट्र बैंकले आज पुस ९ गतेदेखि ५०० रुपैयाँको नयाँ नोट चलनचल्तीको लागि बजारमा ल्याएको छ । बैंकले  साविककै आकार तथा रङ्गमा, सङ्केत नं. छ/६८ ०००००१ देखि झ/४२ ९९९९९९ सम्म, “नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइने छ।” भन्ने प्रतिज्ञामूलक वाक्यांशसहितको नोट आज ९ गतेदेखि चलनचल्तीमा ल्याएको हो।नोटमा निम्न विशेषता भएको राष्ट्र बैंकले जनाएको छ ।नोटको अग्र भागमा : १. नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको।२. नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको । ३. नोटमा गभर्नरको दस्तखत रहने स्थानमा गभर्नर महा प्रसाद अधिकारीको दस्तखत रहेको। ४. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number नेपालीमा “वि.सं. २०७७' लेखिएको ।५. ३.५ मि.मी. चौडा भएको रङ्ग परिवर्तन हुने (नोटलाई सीधा हेर्दा रातो रङ्ग र ढल्काएर हेर्दा हरियो रङ्ग देखिने) सुरक्षण धागो रहेको । ६. सगरमाथा हिमालको दायाँतर्फ अण्डाकारभित्र रङ्ग परिवर्तन हुने (नोटलाई सीधा हेर्दा सुनौलो रङ्ग र ढल्काएर हेर्दा हरियो रङ्ग देखिने) कुबेरको चित्र रहेको । ७. लालीगुराँसको पानी छापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरूले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्लाहरू रहेको। नोटको पछाडी भागमा १. नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा “NEPAL RASTRA BANK' लेखिएको। २. नोटको मध्य भागमा पाटेबाघको चित्र रहेको । ३. नोटको तल्लो भागमा अंग्रेजीमा “RUPEES FIVE HUNDRED' लेखिएको । ४. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number अंग्रेजीमा '2020 A.D.' लेखिएको।यस अघि मिति २०७५ साल बैशाख महिना १२ गतेदेखि Series २०७३ रुपैयाँ ५०० दरको बैंकनोट सङ्केत नं. ८/४६ ०००००१ देखि छ/४० ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा सङ्केत नं. ङ/ ४६ ०००००१ देखि छ। ३७ ९९९९९९ सम्म मात्र चलनचल्तीमा ल्याइएको पनि राष्ट्र बैंकले जनाएको छ । नोट राष्ट्रको सम्पति भएकोले यसको जतन गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

फेरि पोलपोलमा केपी ओली : एमालेको विधान महाधिवेशनका यस्ता छन् दृश्य

काठमाडौं : नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा पर्सिसम्म चल्ने विधान महाधिवेशनको तयारी पूरा भएको महाधिवेशन मुल व्यवस्थापन समितिले जनाएको छ। महाधिवेशनको उद्घाटन शुक्रवार अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। सम्मेलन केन्द्रमा अहिले एमाले नेता कार्यकर्ता पुग्न सुरु भइसकेको छ। केन्द्रलाई एमालेको झण्डा र…

निषेधाज्ञामा अत्यावश्यक वस्तु आपूर्ति कसरी हुँदैछ?

काठमाडौं : आजबाट काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा निषेधाज्ञा लागू भएको छ। योसँगै अत्यावश्यक वस्तु व्यवस्थापनका लागि सरकारले उद्योगहरुमार्फत नै पास वितरणको व्यवस्था मिलाएको छ। यस्ता वस्तु बोक्ने सवारी साधनलाई उद्योगले दिएको परिचयपत्रसहित पासका आधारमा चल्न दिइने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा तीनवटै प्रमुख जिल्ला अधिकारीसहित निजी क्षेत्रका…