काठमाडौं : स्थानीय तह निर्वाचनले विद्यार्थी भर्नामा प्रभाव परेको छ। आगामी जेठ १ बाट देशभरि निजी तथा सरकारी विद्यालयमा नयाँ शैक्षिक सत्रको पठनपाठन थालिँदै छ। तर यतिखेर नयाँ भर्ना अभियानभन्दा पनि के शहर के गाउँ सबै चुनावी प्रचारप्रसारमा व्यस्त छन्।विद्यार्थीलाई समेत विभिन्न राजनीतिक दलले आफ्ना झण्डा बोकाएर घरदैलो अभियानमा लगेको पनि देखिन्छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता डिल्ली लुइँटेल भर्ना अभियान जारी रहेको र मतदाता केन्