प्रभु क्यापिटलको विन्टर अफर, अहिले डिम्याट खोल्दा २ वर्षसम्म मेरोशेयर र डिम्याट निशुल्क

प्रभु क्यापिटल लिमिटेडले गत वर्ष सञ्चालन गरेको विन्टर अफरलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ । जस अनुसार क्यापिटलले  यही माघ १८ गतेदेखि चैत्र १७ भित्र डिम्याट खाता खोल्दा २ वर्षको लागि मेरोशेयर र डिम्याट निशुल्क गरिने जनाएको छ । प्रभु क्यापिटलको मोबाइल एप तथा वेबसाइटबाट र भौतिक रुपमा प्रभु बैंकको देशभरी रहेका कुनै पनि शाखा वा प्रभु क्यापिटलको कार्यालय कमलादीमा आई डिम्याट खाता खोल्नेलाई यो अफर लागु हुने क्यापिटलले उल्लेख गरेको छ । यस योजना अन्तरगत डिम्याट खाता खोल्न चाहने ग्राहकहरुलाई क्यापिटलले २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन सेवा प्रदान गर्नेछ । क्यापिटलका अनुसार यस योजनामा देश वा विदेशमा रहने नेपालीहरुले मोबाइल एपबाटै भिडियो केवाइसि सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने छन्। यसका साथै वेवसाइटबाट समेत भिडियो केवाइसि सहितको डिम्याट सेवा प्राप्त गर्न सक्ने छन्। 

सम्बन्धित सामग्री

प्रभु क्यापिटलको विन्टर अफर सञ्चालन

काठमाडौँ। प्रभु क्यापिटल लिमिटेडले गएको वर्षमा सञ्चालित विन्टर अफरमा ग्राहकहरुको अभूतपूर्व सहभागितालाई मध्यनजर गर्दै यस वर्ष पनि विन्टर अफर ल्याएको छ। कम्पनीले २ वर्षको लागि फ्रि डिम्याट र मेरो शेयरको सुविधा सहितको विन्टर अफर योजना ल्याएको हो।

प्रभु क्यापिटलको अफर, २ वर्षसम्म डिम्याट र मेरो सेयर सेवा निःशुल्क

काठमाडौं । प्रभु क्यापिटलको विन्टर अफर सञ्चालनमा ल्याएको छ । प्रभु क्यापिटल लिमिटेडले गएको वर्षमा सञ्चालित विन्टर अफरमा ग्राहकहरुको अभूतपूर्व सहभागितालाई मध्यनजर गर्दै यस वर्ष पनि विन्टर अफर ल्याएको छ । जाडो मौसममा घरमै बसीबसी अनलाइन माध्यमबाट प्रभु क्यापिटलको मोबाइल एप तथा वेबसाइटबाट डिम्याट खाता खोल्न सकिनेछ । कुनै पनि शाखा वा प्रभु क्यापिटलको कार्यालय […]