माघ १८, काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले माघ १८ गतेदेखि विन्टर अफर सञ्चालनमा ल्याएको छ ।
कम्पनीले यो अफरमार्फत आगामी दुई वर्षसम्मका लागि नि : शुल्क डिम्याट र मेरोशेयर अनलाईन सेवा प्रदान गर्ने व्यवस्था गरेको हो । आगामी चैत १७ गतेसम्म कम्पनीको कार्यालय कमलादी, काठमाडौं र प्रभु बैंकको सबै कार्यालयबाट डिम्याट र मेरो शेयर खाता खोल्दा आगामी दुई वर्षसम्म निशुल्क सेवा प्रदान गर्ने जानकारी कम्पनीका प्रमुख सञ्चालन अधिकृत कृण्ण गिरीले दिएका छन् ।
कोभिडको महामारीका बीच घरमै बसेर क्यापिटलको मोबाइल तथा वेबसाइटबाट पनि अनलाईन खाता खोल्न सकिने व्यवस्था गरेको गिरीको भनाइ छ ।
पछिल्लो समय करीब ६ महीनापछि प्राथमिक बजारमा धमाधम आईपीओ निष्कासन हुन लागेको अवस्थामा धेरै नेपालीहरुले डिम्याट र मेरो शेयर खाता खोल्न बाँकी रहेको भन्दै कम्पनीले नि : शुल्क यो सेवा दिन लागेको हो ।
अनलाईनमार्फत पनि यो सेवा लिन सकिने भएकाले नेपाल बाहिर रहेका नेपालीहरुले आफ्नो र आफ्ना आफन्तहरुको सहजै रुपमा नि : शुल्क डिम्याट र मेरो शेयर खाता खोल्न सकिने पनि कम्पनीको भनाइ छ ।
कम्पनीले आफ्ना ग्राहकहरुलाई डिम्याट खाता तथा लगानी व्यवस्थापन सम्बन्धी सेवाहरु कम्पनीको वेबसाइट तथा मोबाइल एपबाटै प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ ।