बागमती प्रदेश सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि १ अर्ब २२ करोड रुपैयाँको बजेट बिनियोजन गरेको छ । नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुदमा १ अर्ब २२ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् । बागमती प्रदेशले खेलकुद प्रतियोगिता र नवौं राष्ट्रिय खेलकुदका लागि ७ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका ला