नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबिच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १६ गते मर्जरसम्बन्धी अन्तिम सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । समान हैसियतमा मर्जरमा जाने सम्झौता गरेका दुई कम्पनीमध्ये नेरुडे लघुवित्तको रजिष्टर्ड कार्यालय मोरङ जिल्लाको विराटनगरमा रहेको छ भने मिर्मिरेको काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको छ । पुस ११ गते प्रारम्भिक सहमति गरेका दुवै कम्पनीले अन्तिम सहमतिपछि छुट्टाछुट्टै विशेष साधारण सभा आह्वान गरी मर्जरको विशेष प्रस्ताव पारित गरेर नियामक निकायको स्वीकृति पाएपछि एकीकृत कारोबार शुरू गर्नेछन् ।

सम्बन्धित सामग्री

नेरुडे मिर्मिरे लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ

काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । आइतवार एक कार्यक्रमका बीच लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र मर्चेण्टका प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।  सम्झौतापत्र अनुसार शेयर दाखिला खारेज, नामसारी, धितो बन्धक, अभौतिकीकरण लगायत शेयर रजिष्टे्रशन सम्बन्धी सम्पूर्ण काम मर्चेण्टले गर्ने बताइएको छ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा गाभिई गत फागुन ३० देखि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका थिए ।

नेरुडे मिर्मिरे लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ

काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । आइतवार एक कार्यक्रमका बीच लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र मर्चेण्टका प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।  सम्झौतापत्र अनुसार शेयर दाखिला खारेज, नामसारी, धितो बन्धक, अभौतिकीकरण लगायत शेयर रजिष्टे्रशन सम्बन्धी सम्पूर्ण काम मर्चेण्टले गर्ने बताइएको छ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा गाभिई गत फागुन ३० देखि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका थिए ।

नेरुडे र मिर्मिरे लघुवित्तको शेयर कारोबार बुधवारदेखि रोक्का हुने

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार बुधवार (भोलि) देखि रोक्का हुने भएको छ । दुवै कम्पनीले शेयर कारोबार रोक्का गरिदिन अनुरोध गर्दै नेप्सेलाई पत्र लेखेका छन् । ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्थाबमोजिम शेयर कारोबार रोक्का गर्न लागिएको हो ।   नेरुडे र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भएर फागुन ३० गतेबाट नेरुडे मिर्मिरे लघुवित्तको नामबाट एकीकृत कारोबार शुरु गर्ने भएका छन् । दुवै कम्पनी समान हैसियतमा मर्ज भएका हुन्।

नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तले फागुन ३० गतेदेखि एकीकृत कारोबार शुरु गर्ने

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ३० गते अर्थात् बुधवारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।  यी दुई कम्पनीले एक आपसमा गाभिई नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन् । यी दुई कम्पनी १ः१ शेयर स्वाप अनुपातमा एक आपसमा गाभिएका हुन् ।  गत वैशाख १० गते सम्पन्न यी दुवै कम्पनीको विशेष साधारण सभाले एक आपसमा गाभ्ने प्रस्ताव पारित गरेका थिए । मर्जरका लागि नेपाल राष्ट्र बैंकले गत कात्तिक ३ गते यी दुई कम्पनीलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

नेरुडे र मिर्मिरे लघुवित्तले मर्जरका लागि राष्ट्र बैंकबाट पाए स्वीकृति

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका छन् । कात्तिक ३ गतेको पत्रमार्फत राष्ट्र बैंकले यी दुई कम्पनीलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको जनाएको छ ।   यी दुवै कम्पनीबीच गत पुस १२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । दुवै कम्पनीको गत वैशाख १० गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृति गरिसकेको छ । अब आवश्यक प्रक्रिया पूरा गरेर दुवै कम्पनीले एकीकृत कारोबार शुरु गर्नेछन् ।  यी दुवै कम्पनी १ः१ शेयर स्वाप रेसियोमा मर्ज हुन लागेका हुन्। मर्जरपश्चात संस्थाको नाम ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ रहनेछ ।

मर्जर प्रस्ताव पारित गर्न नेरुडे लघुवित्तले बोलायो विशेष साधारण सभा

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रस्ताव पारित गर्न आगामी वैशाख १० गते विशेष साधारण सभा बोलाएको छ ।  कम्पनीले मिर्मिरे लघुवित्त वित्तीय संस्थालाई मर्जर गर्दैछ । उक्त कम्पनीले  सभा उद्योग संगठन मोरङ को सभाहलमा विहान १० बजे गर्ने छ । मिर्मिरे लघुवित्त वित्तीय संस्थालाई मर्जर गर्ने प्रस्तावसँगै कम्पनीले मर्जरका लागि आवश्यक बाँकी कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारीसमेत दिनेछ । यी दुवै नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भइसकेका कम्पनी हुन् ।समान हैसियतमा मर्जरमा जाने सम्झौता गरेका दुई कम्पनीमध्ये नेरुडे लघुवित्तको रजिष्टर्ड कार्यालय मोरङ जिल्लाको विराटनगरमा रहेको छ भने मिर्मिरे लघुवित्तको काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको छ । गत पुस ११ गते मर्जरमा जाने प्रारम्भिक सहमति गरेका दुवै कम्पनीले अन्तिम सहमतिपछि छुट्टाछुट्टै विशेष साधारण सभा आह्वान गरेका छन् । विशेष साधारणसभा मार्फत् मर्जरको विशेष प्रस्ताव पारित गरेर नियामक निकायको स्वीकृति पाएपछि एकीकृत कारोबार शुरू हुने छ ।

नेरुडे र मिर्मिरे लघुुवित्त मर्जरका लागि प्रारम्भिक समझदारी

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र मोरङको विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्था आपसमा गाभ्ने–गाभिने (मर्जर हुने) भएका छन् । दुई संस्थाले मर्जर सम्बन्धमा...

नेरुडे र मिर्मिरे लघुवित्तबीच मर्जर सहमति, आधारभूत लगानीकर्ताको कारोबार रोक्का

काठमाडौं। नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था गाभिने भएका छन्। दुई संस्थाबीच मर्जरमा जाने सम्झौता

मिर्मिरे र नेरुडे लघुवित्त बराबरी हैसियतमा मर्जरमा जाने

१२ पुस काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था र नेरुडे लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभ्ने/गाभिने -मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । दुई संस्थाबीच ११ पुस सोमबारको दिन मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । दुई संस्थाबीच १ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा जाने सहमति भएको स्रोतले जनाएको छ […]