नेरुडे मिर्मिरे लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा भोजराज बस्याल, ६ जना सञ्चालक चयन

काठमाडौं । मर्जरपश्चात कायम भएको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा भोजराज बस्याल नियुक्त भएका छन् । कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले बस्याललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई फागुन ३० गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।   सोही दिन बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा तुलसी राम पाठकलाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै सो बैठकले संस्थापक समूहका ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी कुल ६ जना नयाँ सञ्चालक नियुक्त गरेको छ, जसमा सन्तोष फुयाँल, मणि कुमार अर्ज्याल, दीप ब. श्रेष्ठ र सुरेन्द्र राज भट्टराई संस्थापक समूहबाट र सुधिर कुमार श्रेष्ठ र सञ्जु घिमिरे सर्वसाधारण समूहबाट सञ्चालक नियुक्त भएका छन् ।   साविकका नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तले गत फागुन ३० गतेबाट एकीकृत कारोबार शुरु गरेका हुन् ।