उद्योग व्यवसायका समस्या समाधान गर्न ‘बिजनेश क्लिनिक’ आरम्भ

विराटनगर । उद्योग व्यवसायका समस्याको समाधान गर्न उद्योग संगठन मोरङको पहलमा ‘सीआईएम बिजनेश क्लिनिक’को शुभारम्भ गरिएको छ । संगठनले उद्योग प्रतिष्ठानका विभिन्न क्षेत्र तथा विषयसँग सम्बन्धित हालसम्म संकलित १०४ ओटा समस्या प्रस्तुत गर्दै बिजनेश क्लिनिक कार्यान्वयनमा ल्याएको हो । उद्योग प्रतिष्ठानका समस्या समाधानको सहजीकरणका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सम्पर्क समन्वय बिन्दु तोकिएको छ । साथै हरेक तीन महीनामा संगठन र मन्त्रालयबीच सहजीकरण तथा समीक्षा बैठक गर्ने समझदारी भएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए । गत साता काठमाडौंमा संगठनको प्रतिनिधि मण्डलले क्लिनिक सञ्चालनका लागि मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलसँग पहल गरेको थियो । संगठनले सदस्य उद्योग प्रतिष्ठानका समस्याहरू संकलन गर्न उद्योग भ्रमण कार्यक्रम नै सञ्चालन गरिरहेको छ । समस्यालाई कार्यान्वयन तह, नीतिगत, उद्योग विशेष, कर, राजस्व, श्रम, भन्सार, निर्यात आयात, बैंक तथा वित्तीय क्षेत्र, स्थानीय सरकार जस्ता विषयमा वर्गीकरण गरिनेछ । सोही आधारमा समस्याको समाधानका लागि सरकारी निकायमा पहल गर्न उद्योग मन्त्रालयमा फोकल बिन्दु तोकिएको छ । अब उद्योगी व्यवसायीका समस्याको एकै स्थानबाट समाधानका लागि पहल हुने अध्यक्ष प्याकुरेलले जानकारी दिए । संगठनले सञ्चालनमा ल्याएको बिजनेश क्लिनिकमा आन्तरिक र बाह्य गरी दुइ घटक छन् । आन्तरिक घटक अन्तर्गत सम्बन्धित उद्योग वा व्यवसायको आन्तरिक क्षमता जाँचपड्ताल गर्न ‘बिजनेश हेल्थ चेकअप’को सेवा उपलब्ध रहेको छ । यस्तै बाह्य घटक अन्तर्गत उद्योग व्यवसायका समस्याको संकलन तथा पहिचानका लागि उद्योगहरूको भ्रमण, समस्याको वर्गीकरण, नीति विश्लेषण तथा अनुसन्धान र समाधानका लागि उद्योग, वाणिज्य मन्त्रालय अन्तर्गत सम्पर्क समन्वय बिन्दु मार्फत सहजीकरण गर्ने जस्ता विषय समेटिएको संगठनका महानिर्देशक चूडामणि भट्टराईले जानकारी दिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा संगठनका अन्य कार्यक्रमहरू क्रमशः शीप विकास कार्यक्रम, स्टार्टअप तथा इन्नोभेशन कार्यक्रम, औद्योगिक अध्ययन केन्द्र, नीतिगत बहस पैरवी फ्रेमवर्क, मेरो देश मेरै उत्पादन लगायत कार्यक्रमका बारेमा समेत प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा उद्योग मन्त्रालयका सचिव पोखरेलले संगठनले अघि सारेका सबै कार्यक्रम सरकारको प्राथमिकता तथा मन्त्रालयको कार्यक्षेत्रभित्रै पर्ने भएकाले सहकार्य गर्न तयार रहेको उल्लेख गरे । संगठनले बिजनेश क्लिनिकका सम्बन्धमा संघीय सरकारका अर्थ सचिवसँग गत असोज १५ गते छलफल गरेको थियो । प्रदेश र स्थानीय सरकारको समेत आर्थिक तथा औद्योगिक विकासका महत्त्वपूर्ण आयामका रूपमा रहेका कार्यक्रमको दिगो एवं सफलतापूर्वक कायान्वयनका लागि सहकार्य गर्दै क्लिनिक सञ्चालन गरिने संगठनले बताएको छ ।

सम्बन्धित सामग्री

प्रसारण लाइनको समस्या समाधान हुने

दमौली– तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणको समस्या समाधान गर्ने सहमतिले कामले गति लिने विश्वास गरिएको छ । उर्जा, जलस्रोत तथा सिँंचाइमन्त्री शक्तिबहादुर बस्नेत र वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोबीच भएको भेटमा आयोजनाको प्रसारणलाइन निर्माणमा देखिएको समस्या समाधान गर्ने सहमति भएको थियो । आयोजनाको प्याकेज तीनअन्तर्गतको प्रसारणलाइन […]

नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्छ : मन्त्री राई

काठमाडाैं । विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताउनुभएको छ । राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ सरकार कटिबद्ध रहेको बताउनुभएको हो । “हामी समृद्धिको यात्रामा छौँ, व्यवसायीले तिरेको करबाट मुलुक चलेको हो, व्यवसायीको समस्या समाधान गर्न नयाँ सरकार […]

नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्छ :मन्त्री राई

विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताउनुभएको छ । राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ सरकार कटिबद्ध रहेको बताउनुभएको हो । “हामी समृद्धिको यात्रामा छौँ, व्यवसायीले तिरेको करबाट मुलुक चलेको हो, व्यवसायीको समस्या समाधान गर्न नयाँ सरकार कटिवद्ध छ”, […]

‘नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्छ’

काठमाडौँ– विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताएका छन्। राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ सरकार कटिबद्ध रहेको बताएका हुन् । ‘हामी समृद्धिको यात्रामा छौँ, व्यवसायीले तिरेको करबाट मुलुक चलेको हो, व्यवसायीको समस्या समाधान गर्न नयाँ सरकार कटिवद्ध छ’, […]

भूमि समस्या समाधान गर्न आयोग प्रतिबद्ध : अध्यक्ष निरौला

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भूमिसम्बन्धी सबै खाले समस्या समाधान गर्न आयोगले काम गरिरहेको बताएका छन् । झापाको कमल गाउँपालिकामा आज पालिकासँग भूमिसम्बन्धी समस्या समाधान गर्न आयोगसँग सम्झौता आदानप्रदान गर्दै उनले सुकुम्बासीको, भूमिहीन, दलित भूमिहीन र अव्यवस्थित बसोबासीको भूमि समस्या समाधान गर्न आयोग प्रतिबद्ध भएको बताए ।देशैभरि देखिएका भूमि समस्या हटाउन सरकारले जिम्मेवारी दिएको उल्लेख गर्दै अध्यक्ष निरौलाले भने,“भूमि आयोग निष्पक्ष भएर सुकुम्बासी लगायतका भूमिसम्बन्धी समस्या

भूमि समस्या समाधान गर्न आयोग प्रतिबद्ध : अध्यक्ष निरौला

दमक । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भूमिसम्बन्धी सबै खाले समस्या समाधान गर्न आयोगले काम गरिरहेको बताएका छन् । झापाको कमल गाउँपालिकामा आज पालिकासँग भूमिसम्बन्धी समस्या समाधान गर्न आयोगसँग सम्झौता आदानप्रदान गर्दै उनले सुकुम्बासीको, भूमिहीन, दलित भूमिहीन र अव्यवस्थित बसोबासीको भूमि समस्या समाधान गर्न आयोग प्रतिबद्ध भएको बताए । देशैभरि देखिएका भूमि समस्या हटाउन […]

न्यायपालिकाको समस्या समाधान कार्यपालिकाबाट: प्रचण्ड

अध्यक्ष दाहालले अहिले सभामुख बाहिर गएको र सभामुख स्वदेश फर्किएलगत्तै बैठक बसेर न्यायपालिकाको समस्या समाधान गर्ने बताए।...

भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न राणाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले बेलायती सरकारसँग वार्ता गरेर भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न कुटनीतिक पहल गर्न नेपाल सरकारसँग माग गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारको तहबाट समस्या समाधान गर्न राप्रपा अध्यक्ष राणाले आइतबार अनुरोध गरेका हुन् । ‘अनसनरत भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएँ । समस्या समाधानका लागि सरकारले बेलायती सरकारसँग गम्भीर छलफल गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनु भएको छ,’ प्रधानमन्...

नेटवर्कमा देखिएको समस्या समाधान भयो : टेलिकम

काठमाडौँ। नेपाल टेलिकमले आफ्नो नेटवर्कमा देखिएको समस्या समाधान भएको जानकारी दिएको छ । आज बिहानदेखि टेलिकमको प्रिपेड र पोस्टपेड नेटवर्कमा फोन नलाग्ने समस्या समाधान भएको हो । कोर नेटवर्कको एचएलआर प्रणालीमा देखिएको समस्या समाधान भएको टेलिकमले जानकारी दिएको हो ।

अक्सिजन सिलिन्डरको समस्या समाधान – प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सिलिन्डरको अभाव नभएको बताएका छन्। उनले कोरोनाको दोस्रो लहरविरुद्ध लड्न विदेशबाट प्रशस्तमात्रामा सिलिन्डर ल्याएकाले समस्या समाधान भएको बताए। उनले भने, ‘विदेशबाट प्लेनमा सिलिन्डर ल्यायौं। त्यसरी ल्याउँदा प्रतिसिलिन्डर ५० हजारसम्म पर्यो।’ जसकारण अहिले नेपालमा सिलिन्डरको समस्या समाधान भएको ओलीको भनाई छ।