जटायु रेस्टुरेन्टमा देखियो सेतो हिमाली गिद्ध

नवलपुरस्थित गिद्ध जटायु रेस्टुरेन्टमा विरलै देखिने सेतो रंगको हिमाली गिद्ध भेटिएकोछ । नेपालमा अहिलेसम्म पाइएका हिमाली गिद्ध फिक्का मैलो र खैरो रंगको देखिएको थियो । पहिलो पटक पूरै सेतो रंग भएको देखिएपछि संरक्षणकर्मी उत्साहित बनेका छन् ।

सम्बन्धित सामग्री

कावा खाँदै उडान

अर्घाखाँचीको मालारानी गाउँपालिका स्थित घेरा भिरमा ३ प्रजाति गिद्ध कावा खाँदै उडिरहेका छन् । घेरा भिरको दक्षिण पहरामा संकटको नजिक रहेका हिमाली गिद्ध र हाडफोर तथा विश्वमै दुर्लभ सेतो गिद्ध उड्दाको दृष्य हेरेर सबै रोमाञ्चित बन्छन् ।

सेतो हिमाली गिद्ध भेटियो

नवलपुरको कावासोती–१३ मा स्थापना गरिएको गिद्ध जटायु रेस्टुरेन्टमा सेतो रङको हिमाली गिद्ध भेटिएको छ । गत आइतबार पहिलो पटक पूरै सेतो रङ भएको हिमाली गिद्ध भेटिएको हो । नेपालमा अहिलेसम्म पाइएका हिमाली गिद्ध फिक्का मैलो र खैरो रङको देखिएको थियो । नेचर गाइड प्रेम महतोले लोपोन्मुख अवस्थामा पुगेको गिद्ध संरक्षणका लागि स्थापना गरिएको गिद्ध जटायु रेस्टुरेन्टमा हिमाली गिद्ध देखा परेको बताउनुभयो । वाइल्डलाइफ फोटोग्राफर पेम्बा शेर्पा, सुगम

भानुभक्त प्राणी उद्यानमा फेला परे १२४ प्रजातिका चरा

वैशाख ९, तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ स्थित भानुभक्त प्राणी उद्यानमा एक साताका अवधिमा १२४ प्रजातिका चरा भेटिएका छन् । यही वैशाख १ गतेदेखि ७ गतेसम्म गरिएको अनुगमनका क्रममा ती प्रजातिका चरा भेटिएका हुन् ।  गर्मीयामको चरा अनुगमनबाट फेला परेका चराका ती प्रजातिको अभिलेख राख्ने काम सम्पन्न भएको प्राणी उद्यानका संरक्षण अधिकृत रुपक महर्जनले जानकारी दिए ।  तीमध्ये ३६ प्रजातिका चरा गत वर्ष सम्पन्न भएको हिउँदे अनुगमनका क्रममा फेला नपरेका चरासमेत छन् । उनका अनुसार गत वर्ष हिउँदे अनुगमनका क्रममा १४१ प्रजातिका चरा अभिलेख गरिएको थियो । अद्यावद्यिक अभिलेखानुसार प्राणी उद्यान क्षेत्रभित्र १७६ प्रजातिका चरा रहेको बताइएको छ । ‘सानो क्षेत्रफल भएको उद्यानमा १७६ प्रजातिका चरा भेटिनु वन्यजन्तु संरक्षणको दृष्टिकोणले सुखद् र उत्साहप्रद हो’, उनले भने । ४२५ हेक्टर क्षेत्रफलमा फैलिएको उद्यानमा अनुगमनका क्रममा प्रकृति संरक्षणका लागि अन्तरराष्ट्रिय संघको संकटापन्न सूचीमा रहेको विश्वमा दुर्लभ मानिएको गोमायु महाचील र सेतो गिद्ध, संवेदनशील सूचीमा रहेको हिमाली गिद्ध, चश्मे उलुक र घेघरी झाडीफिस्टोसहित रेकर्ड गरिएको छ ।  साथै नेपालमा मात्र पाइने चरा काँडे भ्याकुरलगायत विभिन्न रैथाने, हिउँदे र ग्रीष्मकालीन आगन्तुक चरा रेकर्ड गरिएको छ ।  उद्यानका सबै क्षेत्रलाई समेटिने गरी लाइन ट्रान्जेक्ट बनाई बिहान र बेलुका  पैदल हिँडी अनुगमन गरिएको थियो । चरा प्रत्यक्ष देखेर वा स्वर सुनेका आधारमा पहिचान गरी ‘मेकानेन’ विधिबाट अभिलेख राखिएको थियो । उक्त कार्यका लागि बाइनाकुलर, क्यामेरा र चरा पहिचान पुस्तकको प्रयोग गरिएको थियो । चरा अनुगमनको यही वैशाख १ गते २६औं वन्यजन्तु सप्ताहको अवसर पारी शुभारम्भ गरिएको थियो ।  नेपालका विभिन्न स्थानमा पाइने वन्यजन्तुको प्रतिनिधिमूलक वनका रूपमा संरक्षण गर्ने, मध्यपहाडी वन क्षेत्रका घाइते तथा टुहुरा वन्यजन्तुको उद्धार गरी संरक्षण एवं संवर्द्धन गर्ने, वंशाणुगत विविधता संरक्षण गर्ने, प्रयोगशाला अध्ययन, अनुसन्धान प्रवर्द्धन गर्दै संरक्षित क्षेत्रमा वन्यजन्तुको वैज्ञानिक व्यवस्थापनमा विकास गर्नेलगायत उद्देश्य राखेर सरकारले भानुभक्त प्राणी उद्यानको कामलाई अगाडि बढाएको छ ।  सो उद्यानले १३ ओटा वन क्षेत्रलाई समावेश गरेको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन क्षेत्र समावेश गरिएको छ । रासस

मनाङमा देखिन थाले लोपोन्मुख गिद्ध

मनाङ : प्रकृतिको कुचिकारको रुपमा लिइने लोपोन्मुख सेतो हिमाली गिद्ध मनाङमा देखा पर्न थालेको छ। प्रकृतिकै धार्मिक एवं संस्कृतिक रुपमा महत्वपूर्ण मानिएको गिद्धले मरेका र सडेगलेका सिनो खाइदिँदा दुर्गन्ध र त्यसबाट उत्पन्न रोगव्याधीबाट मानिसलाई सुरक्षित बनाउने काम गर्दछ। लामो समयको बन्दाबन्दीका कराण वातावरणमा देखा परेको परिवर्तनसँगै...

मनाङमा देखा प-यो सेतो हिमाली गिद्ध

‘सेतो हिमाली गिद्ध मनाङ’मा देखा पर्न थालेको छ । सो प्रजातिको गिद्धलाई विश्व संरक्षण सङ्घ (आइयुसिएन)ले सन् २०१७ मा लोपोन्मुख पंक्षी बर्गमा राखेको थियो । विश्वमा २३ प्रजातिका गिद्ध पाइने भए पनि नेपालमा नौ प्रजातिका गिद्ध पाइन्छन् । खैरो गिद्धबाहेक अन्य आठ प्रकारका गिद्धलाई नेपालमा लोपोन्मुखको सूचीमा समावेश गरिएको छ । नेपालका प्रसिद्ध पंक्षीविद हेमसागर बरालले घरपालुवा चौपाया बिरामी परेको अवस्थामा उपचारगर्दा डाइक्लोफिनाक लगायत एनएसएआइडीजस्ता औषधिको प्रयोग गरिनु नै गिद्ध लोप हुनुको मुख्य कारण भएको बताउनुभयो ।